ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसोमा बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन आग्रह


एबीसी न्यूज

काठमाडौं ४ माघ । चिसोका बेला बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । डाक्टरहरुका अनुसार हड्डी र जोर्नीमा हुने यो रोग दीर्घकालीन समस्या हो ।

बाथरोग प्रायः वंशाणुगत कारण, सङ्क्रमण तथा तनावका कारणले देखा पर्न सक्छ । बाथरोग विशेषज्ञ डा।कृष्ण अधिकारीका अनुसार चिसोका कारणले जोर्नी सुन्निने, फुल्लिने र दुखाइ बढ्ने समस्या हुन्छ । तर यस्ता सबै लक्षण बाथरोग नभएको उहाँले बताउनुभयो ।

बाथरोग भएको अवस्थामा हात निलो, फुस्रो, रातो हुने, तथा घाउ आउने लक्षणहरू देखिन्छन् । भिटामिन ‘डी’ को कमीले पनि दुखाइ हुन सक्ने भएकाले समयमै जाँच गराउन उहाँको सुझाव छ ।

बाथरोगको दुखाइ प्रायः साँझ, राति वा बिहान बढी हुने र दिन ढल्दै जाँदा कम हुँदै जाने डा।अधिकारीले बताउनुभयो । उहाँका अनुसार यदि जोर्नी सुन्निने, फुलिने र मुठ्ठी पार्न कठिन हुने समस्या छ भने बाथको लक्षण हो भनेर बुझ्नुपर्छ ।

जोर्नी दुखाइसँगै कपाल झर्ने, आँखा पोल्ने, सुख्खा हुने, ज्योति कम हुने तथा गाला रातो हुने जस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु पर्छ । बाथरोगबाट बच्न हातखुट्टा न्यानो राख्न, मोजा र पञ्जा लगाउन तथा प्रदूषण र सङ्क्रमणबाट बच्न डाक्टरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

पूर्वमन्त्री जसपाका नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट पुनः चुनाव लड्ने

सम्बन्धित

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ

पूर्वमन्त्री जसपाका नेता प्रदीप यादव एमाले प्रवेश, पर्सा–१ बाट पुनः चुनाव लड्ने

नेपाली कम्युनिस्ट पार्टीले ४६ जिल्लामा उम्मेदवार टुंग्यायो (सूची)

समानुपातिकतर्फ ३२१३ उम्मेदवारको बन्दसूची सार्वजनिक : माघ १० सम्म दाबी–विरोधको समय(सूची)

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

बालेन : सञ्जालको आँधीबाट सिंहदरबारसम्मको यात्रा, ‘खोला किनार, फुटपाथ र फोहोरले अझै प्रश्न गरिरहेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com