ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र रुसबीच अहिलेसम्मकै उच्च व्यापार


एबीसी न्यूज
माघ १, २०८१ मंगलबार  १ : २४ बजे

काठमाडौं १ माघ । चीन र रुसले सन् २०२४ मा २ खर्ब ४४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यो दुई देशबीचको अहिलेसम्मकै उच्च मूल्यको व्यापार हो ।

चीनको भन्सार प्रशासन महाशाखाले प्रकाशित गरेको तथ्याङ्कअनुसार दुई देशले सन् २०२३ मा २ खर्ब ४० अर्ब १० करोड डलर बराबरको व्यापार गरेका चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

पश्चिमा देशहरुले रुसमा प्रतिबन्ध लगाएपछि चीन र रुसबीच व्यापार बढेको छ । अघिल्लो वर्ष पनि दुई देशबीचको व्यापार बढेको थियो । सन् २०२२ को शुरुमा रुसले युक्रेनमा आक्रमण गरेपछि चीन र रुस राजनीतिक र आर्थिक सम्बन्ध बढेको छ ।

यो सम्बन्धलाई अमेरिका र अन्य पश्चिमी देशहरुबाट व्यापक आलोचना भएको छ । तर दुई देशले सम्बन्ध बलियो बनाउँदै लगेका छन् ।

युक्रेन युद्धका विषयमा चीनले आफू तटस्थ रहेको देखाउन खोजेको छ । उसले आक्रमणका लागि रुसको निन्दा गर्न भने बारम्बार अस्वीकार गर्दै आएको छ ।

यसैबीच, सन् २०२४ मा विश्वको शीर्ष दुई अर्थतन्त्र चीन र अमेरिकाबीचको व्यापार ३ दशमलव ७ प्रतिशतले बढेर ६ खर्ब ८८ अर्ब ३० करोड डलर पुगेको चिनियाँ भन्सार तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com