ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलका प्रधानमन्त्री नेतान्याहु र अमेरिकी राष्ट्रपति बाइडेनबीच गाजा युद्धविराम तयारीबारे छलफल


एबीसी न्यूज

काठमाडौं २९ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गाजा युद्धविराम र बन्धक सम्झौताको लागि भइरहेको वार्ताको प्रगतिबारे छलफल भएको छ ।

नेतान्याहुको कार्यालयले निकालेको विज्ञप्तिमा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई कतारमा भइरहेको बन्धक रिहाइसम्बन्धी वार्तामा भएको प्रगति र युद्धविराम सम्झौताका लागि वार्ता टोलीलाई इजरायलले दिएको जनादेशबारे जानकारी गराउनुभएको उल्लेख छ ।

उहाँले कतारमा चलिरहेको वार्तामा हिजो बसेको इजरायली मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठक सकारात्मक भएको र यस हप्ताको अन्त्यसम्ममा शान्ति सम्झौताबारे टुङ्गो लाग्नेमा आशावादी रहेको बताउनुभएको छ ।

यसैबीच ह्वाइट हाउसले पनि राष्ट्रपति बाइडेन र नेतान्याहुले दोहामा भएको वार्तामा अमेरिकी राष्ट्रपतिले ‘मे’ महिनामा राखेको प्रस्तावको आधारमा छलफल भएको सीएनएनले जनाएको छ । बाइडेनले फेरि गाजामा तत्काल युद्धविराम, बन्धकहरूलाई फिर्ता गर्न र मानवीय सहायता बढाउन आह्वान गर्नुभएको छ ।

गएको नोभेम्बरमा लेबनानमा भएको युद्धविराम, त्यसपछि सिरियाका पूर्व राष्ट्रपति बसर अल–असदको शासनको पतन र यस क्षेत्रमा इरानको कमजोर स्थितिको बारेमा पनि बाइडेन र नेतान्याहुले समीक्षा गर्नुभएको खबरमा उल्लेख छ ।

अघिल्लो वर्षको अक्टोबरपछि बाइडेन र नेतान्याहुबीच पहिलोपल्ट सार्वजनिक रुपमा औपचारिक भेटवार्ता भएको हो । गएको वर्ष ‘मे’ महिनामा बाइडेनले राख्नुभएको शान्ति प्रस्तावलाई इजरायलले अस्वीकार गरेको थियो ।

यसै सन्दर्भमा युद्धविराम सम्झौता प्रस्तावका प्रमुख आलोचकहरूलाई वार्तामा बोलाउने प्रयासका लागि बाइडेन रनेतान्याहुबीच भेटवार्ता भएको हो ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले वर्तमान अमेरिकी प्रशासन र आउँदै गरेको डोनाल्ड ट्रम्प प्रशासन दुवैबाट युद्धविराम सम्झौतामा पुग्न दबाब सामना गरिरहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com