ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोनाल्ड ट्रम्पले आफ्नो देश किन्न गरेको प्रस्तावबारे ग्रीनल्यान्डका नेताहरूको विरोध


एबीसी न्यूज
पुस २८, २०८१ आईतबार  ५ : ११ बजे

काठमाडौं २८ पुस । ग्रीनल्यान्डका नेताहरूले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो देश किन्न गरेको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।

डेनमार्कको स्वशासित क्षेत्रका रूपमा रहेको ग्रीनल्यान्ड देश आफ्ना लागि निकै महत्त्वपूर्ण भएको भन्दै डोनाल्ड ट्रम्पले किन्ने प्रस्ताव गर्दै आउनुभएको छ । तर डेनमार्क र ग्रीनल्यान्डका नेताहरूले भने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै आफ्नो देशको सार्वभौमसत्ताको ख्याल गरिदिन आग्रह गरेका छन् ।

ग्रीनल्यान्डलाई बरु आत्मनिर्णयको थप अधिकार चाहिएको तर अमेरिकाले किन्ने कुरा सह्य नहुने उनीहरूको चेतावनी छ । ग्रीनल्यान्डको संसद्का सबै पाँच वटा दलले ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै देशलाई रणनीतिक उद्देश्यका लागि अमेरिकी नियन्त्रणमा हस्तान्तरण गर्न नसकिने बताएका छन् । विपक्षी दल नालेराक पार्टीका नेता पेले ब्रोबर्गले ग्रीनल्यान्ड किनबेच गर्नका लागि कुनै वस्तु नभएको उल्लेख गर्दै यस्ता कुरा नदोहोर्‍याउन भन्नुभएको छ ।

अत्यावश्यक र महँगा खनिजले भरिपूर्ण ग्रीनल्यान्ड २१ लाख ६६ हजार वर्ग किलोमिटर ठूलो छ । त्यहाँ झन्डै ६० हजार जनसङ्ख्या रहेको छ । अमेरिकाका लागि रुस र चीनविरुद्ध निगरानी गर्न र व्यापार सहजताका लागि ग्रीनल्यान्ड निकै सहज भूमि बन्न सक्ने ट्रम्पको भनाइ छ ।

सन् १९५३ सम्म ग्रीनल्यान्ड डेनमार्कको उपनिवेश रहेकोमा बिस्तारै स्वशासन प्राप्त गर्दै आइरहेको छ । अहिले ग्रीनल्यान्ड केही विषयमा स्वतन्त्र छ भने विदेश र रक्षा नीतिमा डेनमार्कको नियन्त्रण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com