ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययनको दाबी


एबीसी न्यूज

काठमाडौं २७ पुस ।    गाजामा हमासको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कभन्दा पनि धेरै प्यालेस्टिनीले ज्यान गुमाएको एक अध्ययनले देखाएको छ । ‘द लानसेन्ट मेडिकल जर्नल’मा प्रकाशित अध्ययनले रिपोर्ट गरिएकोभन्दा मारिनेको सङ्ख्या धेरै रहेको दाबी गरेको हो ।

बेलायतको नेतृत्वमा गरिएको यो अध्ययनमा सन् २०२३ को अक्टोबर ७ तारिखमा हमास विद्रोहीले इजरालयमा आक्रमण गरेपछिका नौ महिनाको अवधिमा भएको क्षतिको विवरण समावेश छ ।

अध्ययनमा सन् २०२४ जुन ३० तारिखसम्म ६४ हजार दुई सय ६० प्यालेस्टिनीको ज्यान गएको उल्लेख छ । यो हमासको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कभन्दा ४० प्रतिशतभन्दा पनि धेरैले बढी हो ।

अध्ययनमा हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क, परिवारले आफन्त गुमाएको अनलाइन सर्भेलगायतलाई आधार बनाइएको छ ।

यसैबीच गाजामा अक्टोबर ७ तारिखमा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले पुष्टि गरेको छ । फरेन्सिक जाँचपछि इजरायली सेनाले हम्जा अल जायदना ‘हमासको कैदमा मारिएको’ जानकारी उनको परिवारलाई दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्यालेस्टिनी लडाकुहरूले गाजाको सीमा नजिकैबाट बाबुछोरालाई कब्जामा लिएका थिए । बाबु युसुफको शव बुधवार बरामद गरी इजरायल ल्याइएको सेनाले घोषणा गरेको थियो ।

उनीहरूसँगै अपहरणमा परेका हम्जाकी बहिनी र भाइलाई सन् २०२३ को नोभेम्बरमा भएको एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com