ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा मारिनेको सङ्ख्या रिपोर्ट गरिएभन्दा धेरै रहेको एक अध्ययनको दाबी


एबीसी न्यूज
पुस २७, २०८१ शनिबार  ६ : ०३ बजे

काठमाडौं २७ पुस ।    गाजामा हमासको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कभन्दा पनि धेरै प्यालेस्टिनीले ज्यान गुमाएको एक अध्ययनले देखाएको छ । ‘द लानसेन्ट मेडिकल जर्नल’मा प्रकाशित अध्ययनले रिपोर्ट गरिएकोभन्दा मारिनेको सङ्ख्या धेरै रहेको दाबी गरेको हो ।

बेलायतको नेतृत्वमा गरिएको यो अध्ययनमा सन् २०२३ को अक्टोबर ७ तारिखमा हमास विद्रोहीले इजरालयमा आक्रमण गरेपछिका नौ महिनाको अवधिमा भएको क्षतिको विवरण समावेश छ ।

अध्ययनमा सन् २०२४ जुन ३० तारिखसम्म ६४ हजार दुई सय ६० प्यालेस्टिनीको ज्यान गएको उल्लेख छ । यो हमासको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कभन्दा ४० प्रतिशतभन्दा पनि धेरैले बढी हो ।

अध्ययनमा हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क, परिवारले आफन्त गुमाएको अनलाइन सर्भेलगायतलाई आधार बनाइएको छ ।

यसैबीच गाजामा अक्टोबर ७ तारिखमा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले पुष्टि गरेको छ । फरेन्सिक जाँचपछि इजरायली सेनाले हम्जा अल जायदना ‘हमासको कैदमा मारिएको’ जानकारी उनको परिवारलाई दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्यालेस्टिनी लडाकुहरूले गाजाको सीमा नजिकैबाट बाबुछोरालाई कब्जामा लिएका थिए । बाबु युसुफको शव बुधवार बरामद गरी इजरायल ल्याइएको सेनाले घोषणा गरेको थियो ।

उनीहरूसँगै अपहरणमा परेका हम्जाकी बहिनी र भाइलाई सन् २०२३ को नोभेम्बरमा भएको एक हप्ता लामो युद्धविरामको क्रममा रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com