ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जामन्त्री खड्काले नियुक्त गरेका सञ्चालकलाई काम गर्न नदिन अदालतको आदेश


एबीसी न्यूज

काठमाडौं २६ पुस । ऊर्जामन्त्री दीपक खड्काले चयन गरेका नेपाल विद्युत प्राधिकरणमा सञ्चालक समिति सदस्यलाई काम गर्न नदिन अदालतले आदेश जारी गरेको छ।

उच्च अदालत पाटन न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार यो आदेश जारी गरेको हो।

प्राधिकरणको सञ्चालक समितिको सदस्यमा लक्ष्मण केसीलाई नियुक्त गर्ने ऊर्जामन्त्री खड्काको निर्णय बदरको माग राखी कञ्चनपुरका जनार्दन जोशीले यो रिट दायर गरेका थिए। उक्त रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि यो आदेश जारी भएको हो।

यसअघि सोही अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले गत पुस १९ गते अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो। शुक्रबारको संयुक्त इजलासले केसीको नियुक्ति तत्काल कार्यान्वयनमा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको हो।

अब यो मुद्दाको अन्तिम किनारा नलागेसम्म केसी प्राधिकरणको सञ्चालकका रूपमा काम गर्न पाउने छैनन्।

ऊर्जामन्त्री खड्काले केसीलाई गत पुस २ गते सञ्चालक समिति सदस्यमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

सम्बन्धित

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं ल्याइँदै

प्रतिनिधिसभाको दौडबाट बाहिरिए बामदेव

बालेनले जनकपुरमा टिकट लिए, झापातिर सोझिए, जनकपुर सभामा कसले के भने ?

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

जनकपुरको मञ्चबाट प्रधानमन्त्री बन्ने दाबी, बलिदानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com