ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको लस एन्जलसको डढेलो आजदेखि थप तीव्र गतिमा फैलिने अनुमान


एबीसी न्यूज
पुस २६, २०८१ शुक्रबार  ८ : ३५ बजे

काठमाडौं २६ पुस । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने देखिएको छ ।

आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको बीबीसीले जनाएको छ ।

लस एन्जलसको जङ्गलमा लागेको आगो पालिसेड्स, ईटन, हर्स्ट, वुड्ली हुँदै हलिवुड हिल्ससम्म पुगेको छ । आगजनीसम्बन्धी प्राविधिक अधिकारीहरुले तीव्र रुपमा फैलिएर नियन्त्रण बाहिर गएको आगलागीलाई विनाशकारी डढेलो भनेका छन् ।

आगलागीले ठूलो मानवीय क्षति भएको अनुमान रहे पनि अहिलेसम्म पाँच जनाको ज्यान गएको पुष्टि भएको छ ।

आगलागीका कारण १८ लाखभन्दा धेरै मानिसहरु प्रभावित भएका र हजारौँ संरचना ध्वस्त भएका अधिकारीहरुले जनाएका छन् । आगलागीको घटनाबारे अनुसन्धानसँगै नियन्त्रण गर्ने प्रयास पनि भइरहेको छ ।

लस एन्जलस अग्नि नियन्त्रक प्रमुख एन्थोनी मरोनले डढेलोको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यसको कारण मानवीय गतिविधिले जङ्गलमा आगजनी भएको पाइएमा हरेक मृत्युलाई हत्या मानिने बताउनुभएको छ ।

यसैबीच आगलागीबाट जोगिन सुरक्षित क्षेत्रमा स्थानान्तरण हुने क्रममा केही घरहरुमा लुटपाट भएको छ । लुटपाटको आरोपमा २० जनालाई पक्राउ गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com