ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको लस एन्जलसको डढेलो आजदेखि थप तीव्र गतिमा फैलिने अनुमान


एबीसी न्यूज

काठमाडौं २६ पुस । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने देखिएको छ ।

आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको बीबीसीले जनाएको छ ।

लस एन्जलसको जङ्गलमा लागेको आगो पालिसेड्स, ईटन, हर्स्ट, वुड्ली हुँदै हलिवुड हिल्ससम्म पुगेको छ । आगजनीसम्बन्धी प्राविधिक अधिकारीहरुले तीव्र रुपमा फैलिएर नियन्त्रण बाहिर गएको आगलागीलाई विनाशकारी डढेलो भनेका छन् ।

आगलागीले ठूलो मानवीय क्षति भएको अनुमान रहे पनि अहिलेसम्म पाँच जनाको ज्यान गएको पुष्टि भएको छ ।

आगलागीका कारण १८ लाखभन्दा धेरै मानिसहरु प्रभावित भएका र हजारौँ संरचना ध्वस्त भएका अधिकारीहरुले जनाएका छन् । आगलागीको घटनाबारे अनुसन्धानसँगै नियन्त्रण गर्ने प्रयास पनि भइरहेको छ ।

लस एन्जलस अग्नि नियन्त्रक प्रमुख एन्थोनी मरोनले डढेलोको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यसको कारण मानवीय गतिविधिले जङ्गलमा आगजनी भएको पाइएमा हरेक मृत्युलाई हत्या मानिने बताउनुभएको छ ।

यसैबीच आगलागीबाट जोगिन सुरक्षित क्षेत्रमा स्थानान्तरण हुने क्रममा केही घरहरुमा लुटपाट भएको छ । लुटपाटको आरोपमा २० जनालाई पक्राउ गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com