ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीतलहरले सडक हिलाम्मे हुँदा दाउन्नेमा फेरि यातायात अवरुद्ध


एबीसी न्यूज
पुस २५, २०८१ बिहीबार   ९ : १५   बजे

काठमाडौं २५ पुस । नवलपरासीको दाउन्नेमा पुनः सवारी साधन अवरुद्ध भएका छन्।  शीतलहरले हिलाम्मे भएको सडकमा सवारी साधनहरु फस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व ९नवलपुर०का प्रहरी नायव उपरीक्षक डीएसपी जेसी शाहले जानकारी दिए।

‘अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ,’ डीएसपी शाहले नेपालखबरसँग भने, ‘साना सवारी साधन अहिले फाट्ट फुट्ट चल्न थालेका छन्।’

पूर्वी र पश्चिम नवलपरासीको सिमानामा रहेको दाउन्नेमा गत बर्खामा सडक भासिएपछि यात्रुले लामो सयमदेखि सास्ती खेप्दै आएका छन्। त्यसमाथि खराब मौसमको कारण पछिल्लो समय त्यहाँ थप समस्या देखिएको प्रहरीले जनाएको छ।

नवलपरासी पश्चिम प्रहरीले बर्दघाट नगरपालिका ४ खुर्सानीखोला स्थित पूर्वपश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएको जनाएको छ।

यसैबीच गएराति नारायणढबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९८२ नम्बरको ट्रक हिलोमा चिप्लिएर अनियन्त्रित हुँदा तीनवटा सवारी साधनलाई ठक्कर दिएको छ।

उक्त ट्रकको ठक्करबाट ट्रक, मिनी ट्रक र कन्टेनरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए।

शीतलहर बढेसँगै उक्त सडकखण्डमा जोखिम बढेको उनले बताए। शीतलहरले सडक हिलाम्मे हुँदा मंगलबार रातिदेखि दुवैतर्फ सडक अवरुद्ध भएको थियो। बुधबार बिहान ३ बजेदेखि सडकमा एकतर्फी गाडी गुड्न थालेका थिए। तर, सवारी साधन सञ्चालन गर्दा जोखिम बढेपछि बुधबार बिहान पुनः राजमार्गमा सवारी साधन आवागमन बन्द गरिएको थियो।

बुधबार दिउँसोदेखि सामान्यरुपमा खुलेको सडक गएरातिदेखि पुनः बन्द भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group