ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लसएन्जलस डढेलोबाट १ हजार बढी घर जले, ५ जनाको मृत्यु, आपत्काल घोषणा


एबीसी न्यूज
पुस २५, २०८१ बिहीबार   ९ : ०४   बजे

काठमाडौं २५ पुस । अमेरिकाको लस एन्जलसमा फैलिएको डढेलोबाट १ हजार १ सय बढी घर जलेका छन् । डढेलोको चपेटामा परेर ५ जनाको मृत्यु भएको छ । यो डढेलो सबैभन्दा विनाशकारी भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा पर्ने प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । प्यासिफिक प्यालिसेड्स सान्टा मोनिका पहाडमा पर्दछ । यो पर्यटकीय क्षेत्रको रुपमा चर्चित छ ।

डढेलो लागेको क्षेत्रको भ्रमण गरेका क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले भनेका छन्, ‘खतराबाट कोही पनि सुरक्षित छैनन् ।’ उनले सो लसएन्जलस क्षेत्रमा आपत्काल घोषणा गरेका छन् ।

उनका अनुसार अहिले ९७ किलोमिटर प्रतिघण्टामा चलेको हावाको वेगसँगै आगोले हरेक पाँच मिनेटमा पाँच वटा ठूला फुटबल मैदानजत्रा क्षेत्र सखाप बनाइरहेको छ । तर १६० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्ने सम्भावना रहेकाले अवस्था अझै खतरनाक हुने उनले चेतावनी दिएका छन् ।

 

डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । लसएन्जलस टाइम्सले ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भइसकेको जनाएको छ । सो क्षेत्रका २८ हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । विद्यालयहरु पनि बन्द छन् ।

जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ । पाँच वटा हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्नि नियन्त्रकहरु सक्रिय छन् । तर प्रयास सफल हुन सकेको छैन ।

वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको अधिकारीहरुको भनाइ छ । सुकेका रुख, पातपतिङ्गर र सान्टा आना नामको आँधीले आगो भयानक बनाएको बताइएको छ । झण्डै १६ हजार एकड क्षेत्रमा डढेलोले क्षति पुर्‍याइसकेको छ ।

डढेलो अनियन्त्रित भएपछि मानिसहरुको भागाभाग भएको भिडियो देखिन्छ । मानिसहरु सडकमै सवारी साधन छाडेर भागेपछि कतिपय स्थानमा बाटो खुलाउन डोजर प्रयोग गर्नुपरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार प्यासिफिक प्यालिसेड्स क्षेत्रमा बस्दै आएका दिग्गज अभिनेताहरु युजिन लेवी, जेम्स उड्स, जेमी ली कर्टिस, मार्क हमिल, म्याण्डी मुर लगायतले आफ्ना घर छाडिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group