ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन मन्त्रालय मातहत कानुन परिवर्तन गर्न मन्त्रीले लिए एमाले र कांग्रेसको सुझाव


एबीसी न्यूज

काठमाडौं २४ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालय मातहत विभिन्न कानुनी परिवर्तन र निर्माणबारे नेपाली कांग्रेस र नेकपा एमालेका नेताबाट सुझाव लिएका छन् ।

मौजुदा नीति प्रभावकारी नभएको भन्दै उनले मन्त्रालय मातहत कानुन परिमार्जन, संशोधन र पुनर्निर्माणलाई तीव्रता दिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम रूप दिने तयारी छ ।

बुधबार उनले सोही ऐनबारे छलफल आयोजना गरे । सोही क्रममा मन्त्री पाण्डेले शासकीय स्वरूप परिवर्तन भए पनि पुरानै कानुन भएका कारण मन्त्रालयका गतिविधि प्रभावकारी बन्न नसकेको बताए ।

छलफलमा नेकपा एमाले महासचिव शंकर पोखरेलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यावहारिक विषयमा ध्यान दिन सुझाव दिए । नेपालको भविष्य पर्यटन क्षेत्रमा नै रहेको भन्दै उनले जलवायु परिवर्तनका विषय ऐनमा समेट्न सुझाव दिए ।

 

कांग्रेस महामन्त्री गगन थापाले २०६५ सालको पुरानो ऐन प्रतिस्थापन गर्दै नयाँ बन्ने नीतिले सिमाङ्‍कनमा ध्यान दिनुपर्ने बताए । नीति बनाउँदा सम्बन्धित अन्तर मन्त्रालयबीच छलफल आवश्यक रहेको उनको भनाइ छ ।

पर्यटन क्षेत्रमा सरकारभन्दा बढी निजी क्षेत्र सक्रिय र जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ ।

महामन्त्री थापाले पर्यटन क्षेत्र विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे, खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण हुने उनले बताए । उनले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com