ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाइ’


एबीसी न्यूज

काठमाडौं २३ पुस । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाइ भएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले यस्तो बताएका हुन्। उनले जहाज मर्मतको काम खरिद नियमावलीकै कारण ढिला हुने गरेको जिकिर गरे। उनले जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित रहेको बताए।

कार्यकारी अध्यक्षले धेरै पुरानो खरिद विनियमावली भएकाले एयरलाइन्समैत्री नभएको बताए।

खरिद विनियमावली एयरलान्समैत्री बनाउन २०७६ सालदेखि निगमले भनिरहेको भएपनि अहिलेसम्म सुधार नभएको अधिकारीको भनाई थियो।

उनले पटक–पटक मन्त्रालयलाई भने पनि यसमा सुधार हुन सकेको जानकारी दिए।

उनले नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पार्ट्सहरूको लागि खरिद विनियमावली सुधार गरेको भन्दै त्यत्ति नै नेपाल एयरलाईन्सलाई गरेको खण्डमा काम गर्न सहज हुने दाबी गरे। ।

उनले भने,‘खरिद विनियमावली एयरलान्समैत्री हुनुपर्छ भनेर २०७६ साल देखि भनिरहेका छौं। पटक–पटक मन्त्रालयमा पनि भनेका छौं। यसमा सुधार हुन सकेको छैन। नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पार्ट्सहरुको लागि खरिद विनियमावली सुधार गरिएको छ। त्यति मात्रै नेपाल एयरलाइन्सलाई पनि गरिदियो भने काम गर्न सहज हुने थियो।’

जहाजको एउटा स्पेयर पार्ट्स बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान रहेको बताए। वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त नभएको उनको धारणा छ।

अधिकारीले अन्य देशमा सरकारी वायुसेवा निगम र अन्यका लागि खरिद विनियमावली फरक रहेको बताए

अधिकारीले इन्जिनियरहरूलाई दिनुपर्ने सेवा सुविधाहरू दिन नसक्दा जहाज मर्मत हुन ढिला भएको बताए।

उनले स्थायी कर्मचारीहरूको सेवा सुविधा बढाउन धेरै अफ्ठ्यारो प्रक्रिया रहेको गुनासो गरे।

दक्ष जनशक्तिहरू निरन्तर रुपमा विदेश पलायन भइरेको दाबी पनि गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com