ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय श्रेष्ठ र पन्तले गरे बहस


एबीसी न्यूज
पुस २२, २०८१ सोमबार   ७ : ४५   बजे

काठमाडौं २२ पुस । जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको तर्फबाट बहस भइरहेको छ।

सोमबार पूर्वडीआईजी समेत रहेका छविलाल बन्जाडे जोहीको तर्फबाट बहस सकिएर पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट बहस सुरु भएको छ।

न्यायाधीश नितिज राईको इसलासमा यो मुद्दा हेर्दाहेर्दैमा छ।  जोशीको तर्फबाट आइतबार देखिनै वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए। उनको बहस आज सकिएको र रविकातर्फबाट तीन जना वकिलले बहस गरेको कास्की अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

लामिछानेको तर्फबाट दुईजना वूर्पमहान्यायाधिवक्ताले पनि बहस गरेका छन्। पूर्वमहान्यायाधिवक्ता सुशिल पन्त र रमनकुमार श्रेष्ठले बहस गरेका छन्।

त्यसअघि लामिछानेकै तर्फबाट सुरेन्द्र थापाले पनि बहस गरेका थिए। उनीहरू तीनै जनाले लामिछाने निर्दोष रहेको दाबी गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न नमिल्ने जिकिर गरेका छन्।

सरकारले वदनियतपूर्ण तबरले लामिछानेमाथि मुद्दा लगाएको दाबी उनका पक्षका वकिलको छ। मंगलबार पनि लामिछानेकै तर्फका वकिलहरुले बहस गर्नेछन्।

७ जना प्रतिवादी मध्ये तीनजनाको तर्फबाट मात्रै बहस भइरहेको छ। अझै केही दिन प्रतिवादीकै तर्फबाट बहस हुने भएको छ। त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

जवाफी बहसपछि मात्रै थुनछेक आदेश आउने छ।
लामिछाने र जोशीसहित ४४ जनाप्रतिवादीलाई विभिन्न मुद्दा लगाइएको छ। त्यसमध्ये कही संस्था छन्। लामिछाने पत्नीलाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ।
केहीलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र क्रिप्टोको कसुरमा समेत अभियोग लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group