ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी बैठक, प्रचण्ड पनि महिनाको तीन दिन उत्पादनमा जोडिनुपर्ने


एबीसी न्यूज
पुस २२, २०८१ सोमबार   ६ : ५२   बजे

काठमाडौं २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आइतबारबाट काठमाडौंको धुम्बाराहीस्थित एक प्यालेसमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार ८० जना सदस्यले धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रममा सबैजसो सदस्यले प्रष्ट विचार र राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताएका छन् ।

‘अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरूले बोल्नुभयो । प्रष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्नेमा सबैले अपिल गरेका छन्,’ दोस्रो दिनको बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘जीवनशैली खुला पुस्तकको पानाजस्तो हुनुपर्छ, उच्च नैतीक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्छ भन्ने सबैको भनाइमा आएको छ ।’

 

त्यस्तै, अध्यक्ष प्रचण्डसहितका सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेको उनले बताए ।

‘अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तिमा महिनामा तीनपटक अध्यक्ष पनि जोडिनुपर्छ भन्ने छ । दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्ने छ,’ उनले भने ।

त्यस्तै, विभागहरूलाई प्रभावकारी बनाउने कुरा केन्द्रीय सदस्यले उठाएको उनले जानकारी दिए ।

‘विभागहरूलाई प्रभावकारी बनाउने कुरा उठाउनुभएको छ । सडक र सदनलाई जोड्ने नीति अनुसार प्रभावकारी बनाउनुपर्छ, सदन छिटोभन्दा छिटो आह्वान गर्नका लागि दबाब सिर्जना गर्नुपर्छ भन्ने उठेको छ । अन्य दलसँग पनि कुराकानी गर्नुपर्छ भन्ने उठेको छ,’ उनले भने ।

पार्टी महाधिवेशनबारे मिश्रित प्रतिक्रिया नेताहरूले दिएको उनले बताए ।

‘महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएर मात्रै महाधिवेशनको मिति कार्यतालिका टोक्नुपर्छ भन्ने अधिकांशको भनाइ छ,’ उनले भने, ‘केहीले अहिले नै मिति नतोकौं पनि भन्नुभएको छ । महाधिवेशनको बारेमा मिश्रित कुराहरू आएका छन् ।’

सापकोटाका अनुसार आजको बैठकमा बोल्ने ८० जना नै केन्द्रीय सदस्यहरूले माओवादीलाई ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।

‘८० जना नै कमरेडहरूले अहिले माओवादी केन्द्रलाई ऐतिहासिक अवसर प्राप्त भएको छ । यसलाई गुम्न दिन हुँदैन । यसका लागि पार्टी एकताबद्ध भएर अगाडि जानुपर्छ भन्ने कुरामा सबैको एक स्वर छ,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group