ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी बैठक, प्रचण्ड पनि महिनाको तीन दिन उत्पादनमा जोडिनुपर्ने


एबीसी न्यूज

काठमाडौं २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । आइतबारबाट काठमाडौंको धुम्बाराहीस्थित एक प्यालेसमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार ८० जना सदस्यले धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रममा सबैजसो सदस्यले प्रष्ट विचार र राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताएका छन् ।

‘अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरूले बोल्नुभयो । प्रष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्नेमा सबैले अपिल गरेका छन्,’ दोस्रो दिनको बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘जीवनशैली खुला पुस्तकको पानाजस्तो हुनुपर्छ, उच्च नैतीक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्छ भन्ने सबैको भनाइमा आएको छ ।’

 

त्यस्तै, अध्यक्ष प्रचण्डसहितका सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेको उनले बताए ।

‘अध्यक्षसहित सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तिमा महिनामा तीनपटक अध्यक्ष पनि जोडिनुपर्छ भन्ने छ । दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्ने छ,’ उनले भने ।

त्यस्तै, विभागहरूलाई प्रभावकारी बनाउने कुरा केन्द्रीय सदस्यले उठाएको उनले जानकारी दिए ।

‘विभागहरूलाई प्रभावकारी बनाउने कुरा उठाउनुभएको छ । सडक र सदनलाई जोड्ने नीति अनुसार प्रभावकारी बनाउनुपर्छ, सदन छिटोभन्दा छिटो आह्वान गर्नका लागि दबाब सिर्जना गर्नुपर्छ भन्ने उठेको छ । अन्य दलसँग पनि कुराकानी गर्नुपर्छ भन्ने उठेको छ,’ उनले भने ।

पार्टी महाधिवेशनबारे मिश्रित प्रतिक्रिया नेताहरूले दिएको उनले बताए ।

‘महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएर मात्रै महाधिवेशनको मिति कार्यतालिका टोक्नुपर्छ भन्ने अधिकांशको भनाइ छ,’ उनले भने, ‘केहीले अहिले नै मिति नतोकौं पनि भन्नुभएको छ । महाधिवेशनको बारेमा मिश्रित कुराहरू आएका छन् ।’

सापकोटाका अनुसार आजको बैठकमा बोल्ने ८० जना नै केन्द्रीय सदस्यहरूले माओवादीलाई ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।

‘८० जना नै कमरेडहरूले अहिले माओवादी केन्द्रलाई ऐतिहासिक अवसर प्राप्त भएको छ । यसलाई गुम्न दिन हुँदैन । यसका लागि पार्टी एकताबद्ध भएर अगाडि जानुपर्छ भन्ने कुरामा सबैको एक स्वर छ,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

सम्बन्धित

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com