ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू


एबीसी न्यूज

काठमाडौं २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागका अनुसार आजै ९२२ पुस०बाट लागु हुने गरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।

यात्रुबाहक सवारी साधनको सवारी भाडा ३।३० प्रतिशतले बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०।८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०।०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

यसपटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने ९राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने० सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाइ छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।

भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति दिएका थिए ।

 

विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाउने निर्णय लिइएको हो ।

यसैगरी श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

सम्बन्धित

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

देउवाले टिकट नपाएपछि चुनाव नलड्ने घोषणा गरे

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com