ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखा र सङ्खुवासभामा आगलागी हुँदा चार वटा घर जले


एबीसी न्यूज

काठमाडौं २१ पुस । गोरखा र सङ्खुवासभामा भएको आगलागीबाट चार वटा घर जलेका छन् । गोरखाको आरुघाट गाउँपालिका–१ स्याम्चेतमा हिजो भएको आगलागीमा तीन वटा घर जलेका हुन् ।

स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । आगलागीबाट पूर्णबहादुरसहित उहाँका छोरा बुद्धिमान लामा र आइतसिंह लामाको घर जलेर नष्ट भएको छ । आगोले तीन वटाघरसहित लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेका छन् ।

यस्तै सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ वाबुङमा एउटा घर जलेको छ । स्थानियबासिन्दा मानधोज राईको घरमा हिजो भएको आगलागीले ढुङगा माटोले बनेको घर, घरदेखि नजिकै रहेको गोठ जलेको छ । घरमा कोही नभएको बेला आगो लागेको हो । झन्डै तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घर र गोठ जलेका राईको परिवार आफन्तकोमा बसेका छन् ।

हिउँद लागेसँगै आगलागी र वनजङ्गलमा डढेलोको जोखिम उच्च हुन्छ । आगलागी र डढेलो लाग्नै नदिन वा लागिहालेमा हुने क्षति घटाउन सावधानी, चेतनासँगै पूर्वतयारी आवश्यक पर्ने विपद् विज्ञले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

सम्बन्धित

शिक्षामन्त्री पुनले दिए राजीनामा

मोरङमा चुनावी घमासान : कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू कसले कुन क्षेत्रबाट लड्दैछन् ?

गगनले मोरङमा शेखर र मिनेन्द्रसहित को को लाई दिए त टिकट ?

कांग्रेसमा टिकट पर्वः रामहरिको खोसियो, शशंका आउट, सिन्धुलीमा पनि फेरियो

गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने, अझै केही क्षेत्रको तानातान बाँकी

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com