ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी राष्ट्रपति निवासमा


एबीसी न्यूज

काठमाडौं १९ पुस । दक्षिण कोरियाका प्रहरी अधिकारीहरू राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न उनको घर पुगेका छन् ।

गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ‘मार्शल ल’को अल्पकालीन घोषणाको कारण विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दनअघि पक्राउ पुर्जी जारी भएको थियो ।

उनलाई पक्राउ गर्न राष्ट्रपतिको निवासमा पुगेका प्रहरी अधिकारीलाई राष्ट्रपतिको सुरक्षा बलले रोकिरहेको छ ।

युनका धेरै समर्थकहरू केही दिनदेखि राष्ट्रपतिको निवास बाहिर भेला भएर बसेका छन् । उनीहरुले बिहानैदेखि राष्ट्रपति पक्राउको कदमविरुद्ध नाराजुलुस गरिरहेका छन् ।

युनका वकिलले गैरकानूनी रुपमा पक्राउ पुर्जी जारी भएको भन्दै पक्राउ गर्न चुनौती दिइरहेका बीबीसीले जनाएको छ । तर शक्तिको दुरुपयोग गरेको र विद्रोह उक्साएको आरोपमा अनुसन्धान गरिरहेका अधिकारीहरूसमक्ष उपस्थित भएर अनुसन्धानमा नसघाएको भन्दै एक अदालतले यस युनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

युनलाई गएको डिसेम्बर १४ मा सांसदहरूले महाभियोगको पक्षमा मतदान गरेपछि निलम्बन गरिएको थियो । तर देशको संवैधानिक अदालतले यसलाई समर्थन गरेमा मात्र उनलाई पदबाट हटाउन सकिन्छ । दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिउँसो २ बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता, शीर्ष नेताहरू मैदानमा

कांग्रेस विवादमा बहस सकियो, आदेश आजै आउने

सम्बन्धित

दिउँसो २ बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता, शीर्ष नेताहरू मैदानमा

कांग्रेस विवादमा बहस सकियो, आदेश आजै आउने

प्रचण्डद्वारा रुकुम पूर्वबाट उम्मेदवारी दर्ता: भ्रष्टाचारमुक्त र समुन्नत नेपाल निर्माणको अपील

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

कांग्रेसले टुंग्याएका १५८ उम्मेदवारमा क-कसले बाजी मारे, अझै ७ क्षेत्रमा तानातान (सूची)

दमकमा ओलीविरुद्ध नाराबाजीपछि एमाले–रास्वपा कार्यकर्ताबीच झडप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com