ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड महामारी फैलिएको पाँच वर्षपछि डब्लूएचओले चीनसँग तथ्याङ्क माग्यो


एबीसी न्यूज
पुस १७, २०८१ बुधबार  ८ : १९ बजे

काठमाडौं १७ पुस । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चीनसँग विश्वभर फैलिएको कोभिड–१९ महामारीको उत्पत्तिसँग सम्बन्धित तथ्याङ्क मागेको छ ।

डब्लूएचओले पाँच वर्षअघि चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ महामारीबारेको सम्पूर्ण तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेको हो । कोभिड महामारीको पाँच वर्ष पूरा भएपछि नैतिक र वैज्ञानिक आवश्यकता भन्दै डब्लूएचओले तथ्याङ्क मागेको बीबीसीले जनाएको छ ।

डब्लूएचओले निकालेको विज्ञप्तिमा विभिन्न देशहरू बीचको पारदर्शीता, साझेदारी र सहयोगविना विश्वले भविष्यमा हुने महामारी र सङ्क्रमणलाई रोक्न र तयारी गर्न नसक्ने उल्लेख गरेको छ ।

धेरै वैज्ञानिकहरूले यो भाइरस जनावरहरूबाट मानिसमा फैलिएको बताएका छन् तर केही अझै पनि यो वुहानको प्रयोगशालाबाट उत्पन्न भएको शङ्का गरिरहेका छन् । चीनले भने कोभिडसम्बन्धी जानकारी केही नलुकाइ साझा गरेको दाबी गरेको छ ।

डब्लूएचओले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि चीनको प्रतिक्रिया आएको हो ।

चीनको मध्य शहर वुहानमा पहिलो पटक देखा परेको कोभिड–१९ले विश्वभरि फैलिएर लाखौं मानिसको ज्यान लिएको थियो भने अर्थतन्त्रलाई तहसनहस पार्नुका साथै स्वास्थ्य प्रणालीलाई कमजोर बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com