ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनका सरकारी ह्याकरले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली ह्याक गरेको अमेरिकाको आरोप


एबीसी न्यूज

काठमाडौं १६ पुस । अमेरिकाले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली चीन सरकारद्वारा सञ्चालित ह्याकरले ह्याक गरेको आरोप लगाएको छ । ह्याकरले महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डिसेम्बरको शुरूमा यो घटना भएको थियो । ह्याकिङको बारेमा ट्रेजरी डिपार्टमेन्टले सांसदहरूलाई जानकारी दिँदै पत्र लेखेको पनि खुलेको छ । शङ्कास्पद गतिविधि पहिलो पटक डिसेम्बर २ मा देखिएको थियो तर कम्पनीलाई यो ह्याक हो कि होइन भनेर पत्ता लगाउन तीन दिन लागेको थियो ।

ह्याकरहरूले तीन दिनमा केही खाताहरू अदलीबदली गर्न र पासवर्डहरू परिवर्तन गर्न सक्षम भएका थिए । ह्याकरहरूले रकम चोरी गर्ने प्रयास गर्नुको सट्टा प्रणालीमा भएका जानकारी खोजिरहेका पाइएको छ ।

अमेरिकी एजेन्सीले ह्याकिङको यो घटनालाई गम्भीर रूपमा लिएको र सङ्घीय जाँच ब्युरो ९एफबीआई० सहित अरू एजेन्सीसँगको सहकार्यमा अनुसन्धानको काम भइरहेको जनाएको छ ।

वाशिङ्टन डीसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने आरोप अस्वीकार गर्दै चीनलाई बदनाम गराउने षड्यन्त्रका रूपमा यो हल्ला फैलाएको आरोप लगाउनुभएको छ । कुनै तथ्यगत आधारविना चीन सरकारमाथि आरोप लगाउनु गलत भएको चिनियाँ दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com