ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले तिब्बतमा विश्वकै विशाल बाँध र जलविद्युत बनाउने


एबीसी न्यूज
पुस ११, २०८१ बिहीबार  ६ : ३१ बजे

काठमाडौं ११ पुस । चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध निर्माण गर्न स्वीकृति दिएको छ । तिब्बती पठारको पूर्वी किनारमा रहेको यार्लुङ जाङबो नदीमा बन्ने यो बाँध र जलविद्युत आयोजना संसारकै ठूलो हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि संसारकै बाँध र जलविद्युत परियोजनाको रुपमा चीनकै थ्री गर्जेज बाँध रहेको छ ।

थ्री गर्जेजले २२ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्छ । अब तिब्बतमा बन्ने नयाँ आयोजना थ्री गर्जेजभन्दा तीन गुणा ठूलो हुनेछ । यसले ३० करोड जनसङ्ख्याको विद्युत् माग पूरा गर्ने खबरमा उल्लेख छ । चीनको पावर कन्स्ट्रक्सन कर्पले सन् २०२० मा दिएको अनुमान अनुसार नदीको तल्लो भागमा निर्माण हुने यो बाँधले वार्षिक तीन खर्र्ब किलोवाट घण्टा बिजुली उत्पादन गर्न सक्छ ।

यो परियोजनाले चीनको कार्बन तटस्थताका लक्ष्यहरू पूरा गर्न, इन्जिनियरिङ उद्योगहरूलाई प्रोत्साहित गर्न र तिब्बतमा रोजगारी सिर्जना गर्न प्रमुख भूमिका खेल्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यार्लुङ झाङबो नदीलाई दुई किलोमिटर तल झारेर बिजुली उत्पादन हुनेछ । जम्मा ५० किलोमिटर लम्बाई प्रयोग गरेर नदीलाई दुई किलोमिटर तल झार्नु एउटा कठिन वैज्ञानिक र इन्जिनियरिङ परीक्षण हुने विश्लेषकले बताएका छन् ।

थ्री गर्जेजको लागत झन्डै ३५ अर्ब डलर रहेकोमा तिब्बतमा बन्ने संसारकै ठूलो बाँध र जलविद्युत आयोजनाको लागत एक खर्ब डलर हुन सक्ने अनुमान छ । थ्री गर्जेज आयोजना बन्दा १४ लाख जना मानिस विस्थापित भएकोमा नयाँ परियोजनामा कति मानिस विस्थापित हुन्छन् भनेर चीन सरकारले सार्वजनिक गरेको छैन ।

भारत र बंगलादेशले बाँधको बारेमा चिन्ता व्यक्त गरेका छन् । परियोजनाले स्थानीय पारिस्थितिकीय प्रणाली मात्र नभई नदीको प्रवाहलाई पनि परिवर्तन गर्न सक्ने उनीहरुको चिन्ता छ । यार्लुङ झाङबो नदी तिब्बत छोडेर दक्षिण भारतको अरुणाचल प्रदेश र आसाम हुँदै बङ्गलादेशमा बग्दा ब्रह्मपुत्र नदी बन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com