ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो


एबीसी न्यूज
पुस १०, २०८१ बुधबार   ९ : ०७   बजे

काठमाडौं १० पुस ।   नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान हिजो एक हजार सात सय डिग्री फरेनहाइट अर्थात नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको सबैभन्दा नजिक पुगेको बीबीसीले जनाएको छ ।

सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।

वैज्ञानिकहरूका अनुसार सूर्यको निकटताका कारण अब केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ । तापक्रमबाट बच्न सुरक्षा कबजसहित गएको अन्तरिक्ष यानबाट सूर्यको छेउमा भएको अवस्थाबारे जानकारी आउन पर्सि शुक्रवारसम्म प्रतीक्षा गर्नुपर्ने खबरमा उल्लेख छ ।

यो नासाको अहिलेसम्मकै महत्त्वपूर्ण र उपलव्धिमूलक लक्ष्य भएको र यसले ब्रह्माण्डको बारेमा लामो समयदेखि रहेका प्रश्नहरूको जवाफ दिन पहिले कसैले नगरेको काम गरेको वैज्ञानिकहरुको भनाइ छ ।

पार्कर अन्तरिक्षयान चार लाख ३० हजार माइल प्रतिघन्टा अर्थात छ लाख ९० हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट जापानको टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group