ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीमा छविको बयान, सम्पूर्ण कार्य जीबी र रविबाट भएको हो


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार   ६ : २५   बजे

काठमाडौं ७ पुस । सूर्यदर्शन सहकारी ठगीसँगै विभिन्न कसुरका प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीले अन्य प्रतिवादीहरूलाई समेत पोलेर बयान दिएका छन्।

अभियोग पत्र साथ अदालतमा पेश गरिएको बयानमा उनले सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको विषयमा जीबी भन्ने गितेन्द्र बाबु राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै योजना भएको बताएका छन्।

सहकारीबाट रकम ल्याउँदा पनि उनीसहित तीन जनाले नै केवाईसी फारम भरेको र सम्पूर्ण कारोबार रवि र जीबीलाई थाहा हुने बताएका छन्।

छविको कयान
म २०७७ सालमा नेचर हर्बस इन्टरनेसनल प्रालिमा १० प्रतिशत सेयर लिई डाइरेक्टर रहेकोमा सो सेयर गितेन्द्र बाबु राई मार्फत रामबहादुर खनाललाई हस्तान्तरण गरेँ।

कूल ५ करोड रुपैयाँको चुक्ता पुँजी राखी म र गितेन्द्र बाबु राईको ५०र५० प्रतिशत सेयर लगानी देखाई गोर्खा मिडिया नेटवर्क प्रालिको सेयरहोल्डर र सञ्चालक सदस्यको रुपमा करिब १ वर्ष पछि अलग भएको हुँ।

गितेन्द्र बाबु राई, रवि लामिछाने र मैले आवश्यक कागजातहरू पेश गरी केवाईसी समेत भरेर हामी तीनजना मध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन हुनेगरी ग्लोबल आईएमई बैंकमा ००४०१०१००००५७७ नम्बरको खाता खोल्यौँ।

खाताबाट भएको सम्पूर्ण कारोबारको सम्बन्धमा जानकारी गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा होला।

टीभी सञ्चालनमा आएपछि आवश्यक रकम जुटाउने, सामान तथा कर्मचारी र पत्रकारहरूको छनौट, नियुक्ती, तलबको मापन लगायतको सम्पूर्ण कार्य निजहरूबाटै भएको हो।

सूर्यदर्शन लगायत कुनै पनि सहकारी संस्थाहरूबाट गोर्खा मिडियाको खातामा जम्मा भएको रकम खर्च गर्ने कार्य रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिन्थ्यो।

गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मिति २०७७।१२।०३ देखि मिति २०७८।१०।०६ गतेसम्म जम्मा ५ करोड ५८ लाख ९ हजार २७१ रुपैयाँ ७६ पैसा आएको भन्ने कुरा अहिले थाहा पाएको हुँ। को कसले के कसरी रकम ल्याए मलाई थाहा भएन।

नेचर हर्वस इन्टरनेसनल प्राईभेट लिमिटेडले मेरो पत्नी पद्मा बन्जाडे जोशीको नाममा रहेको घर आर्थिक वर्ष २०७६र०७७ बाट मासिक निश्चित रकम लिने गरी सम्झौता बमोजिम भाडामा लिएको हो।

राम बहादुर खनाल प्रहरी कर्मचारी रहेको कारण निजसँग म प्रहरी सेवामा रहँदाको क्रममा चिनजान परिचय भएको बाहेक अन्य केही छैन। म नेचर हर्ब्स इन्टरनेसनल प्राइभेट लिमिटेडको सेयर सदस्य भएपछि सोही कम्पनीको प्रतिनिधित्व गरी नेपाल डाइरेट सेलिङ एसोसियसनको अध्यक्ष भए बापत मासिक रुपमा लिने रकम तथा तथा बा २३ च ३१३१ नम्बरको पजेरो स्पोर्ट गाडी छोरा रोचक जोशीको नाउँमा ९५ लाख ८५ हजार ६१४ रुपैयाँ आन्तरिक लेखा परीक्षक मिलाउन देखाएको र उक्त रकममा लाग्ने १३ प्रतिशत भ्याट सहित जोडेर एक करोड ८ लाख ३१ हजार ७४३ रुपैयाँमा मिति २०७९।१२।१७ गते सो गाडी खरिद गरेको हुँ।

सो कम्पनीमा म र लक्ष्मी प्रसाद पौडेलको हस्ताक्षरबाट विभिन्न व्यक्तिहरू वा कम्पनीको नाउँमा चेक काटिएको रहेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group