ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदहमा दोस्रो मिडिया फेस्टिवल हुँदै


एबीसी न्यूज

देवदह  ७ पुस ।    देवदहमा मिडिया फेस्टिवल हुने भएको छ । देवदह प्रेस क्लबले शनिवार पत्रकार सम्मेलन गर्दै पुष ११ र १२ गते सरहनबारीमा दोस्रो मिडिया फेस्टिवल गर्न लागेको जनाएको हो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विष्णु पोखरेलले देवदहलाई बौद्धिक बहसको केन्द्रका रुपमा स्थापित गर्ने उद्धेश्यले मिडिया फेस्टिवल गर्न लागिएको बताए । ‘बुद्ध माता मायादेवी, सानीआमा प्रजापति गौतमी र उहाँकी जीवनसंगिनी यशोधराजस्ता महान र विलक्षण प्रतिभावान नारीहरु जन्मिएको देवदह आफ्नै ऐतिहासिक विरासत र पुरातात्विक महत्व बोकेको क्षेत्र हो ।’ अध्यक्ष पोखरेलले भने, ‘देवदहको प्रचारप्रसारमा उल्लेख्य काम हुन नसकेको र पर्याप्त बौद्धिक बहस, अन्तरक्रिया र छलफलसमेत नभएको महसुस गरी गतवर्षबाट सुरु गरिएको देवदह मिडिया फेस्टिवलको दोस्रो संस्करण थप व्यवस्थित र परिस्कृत ढंगले गर्ने तयारी गरिरहेका छौं ।’

फेस्टिवलमा स्वतन्त्र प्रेस, व्यावसायिक पत्रकारिता, विकास तथा सुशासन, कृषि र पर्यटनसंगै नेपाली समाजमा पछिल्लो समयमा देखिएको आम असन्तुष्टि र लोकप्रियतावादको विषयमा समेत राष्ट्रियस्तरका नेताहरुसंग प्यानल डिस्कसन हुने जनाइएको छ । जसमा ५ वटा सेशनमा छलफल हुने आयोजकले जनाएको छ ।

गत साल मकै विशेष मिडिया फेस्टिवल आयोजना गरेको क्लबले यो वर्ष महोत्सवलाई सिमि विशेष बनाउने तयरी गरेको छ । फेस्टिवल संचालन गर्न पाँच लाख रुपैंया खर्च लाग्ने आयोजकको भनाइ छ ।

वि सं। २०७८ सालमा स्थापना भएको क्लबले पत्रकारिता तालिम, प्रथम देवदह मिडिया फेस्टिवल, प्रथम देवदह मिडिया कप, पर्यटन प्रवद्र्धनका लागि पत्रकार पदयात्रा, देवदह सञ्चार डाईरेक्टरी प्रकाशनसंगै विशेष परिस्थितिमा पत्रकार सम्मेलन, अन्तरक्रिया, गोष्ठी आदि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com