ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोध्यो


एबीसी न्यूज

काठमाडौं ७ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा। प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै मन्त्रालयले गत शुक्रबार पत्र काट्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

‘मन्त्रालयले आफैं निर्देशक जस्तो जिम्मेवारीपूर्ण पदमा आसिन कर्मचारीले सार्वजनिक सरोकारका विषयहरु सामाजिक सञ्जाल ९फेसबुक०मा के कति कारणले लेखिएको हो रु सोको स्पष्ट जानकारी पछिसम्म फरक नपर्ने गरी आजको मितिले तीन दिनभित्र स्पष्टीकरणसहित मन्त्रालय पेश गर्न निर्णयनुसार अनुरोध छ,’ उनलाई पठाइएको पत्रमा भनिएको छ ।

गत बुधबार वैद्यखानाको आकस्मिक निरीक्षणमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदाधिकारी तथा कर्मचारीहरुलाई उत्पादन बढाउन र संस्था सुधार गर्न निर्देशन दिएका थिए । कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको बताएका थिए ।

‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं,’ मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।’

मन्त्री पौडेलले तीन दिनभित्र समस्या समाधान गरी उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई निर्देशन समेत दिएका थिए । मन्त्रीले निर्देशन दिएको १२ घण्टा पनि नबित्दै वैद्यखानाका निर्देशक डा। प्रदीप केसीले सामाजिक सञ्जालमार्फत पाँचबुँदे समस्या देखाउँदै ती समाधान नभएसम्म कुनै पनि उत्पादन हुन नसक्ने बताएका थिए ।

उनले अहिलेको गठन आदेशले ठिमाहा बीउ रोपेको र त्यसमा धान नफल्ने व्यंग्यात्मक टिप्पणी गरेका थिए । केसीले आफूलाई दुई पटक इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती निर्देशक बनाइएको उल्लेख गरेका छन् । उनले कर्मचारी स्वार्थबेगर काम नगर्ने परिपाटी रहेको औंल्याएका छन् ।

अहिलेको गठनादेशले व्यवस्था गरेको कार्यकारी निर्देशकको प्रावधान राख्नु हुँदैन भनेर २०७७ सालमै सुझाव दिएको बताएका थिए ।

‘अहिलेको व्यवस्थाले यदि कसैलाई फाइदा गर्‍यो भने त्यो केवल आयुर्वेद समूहका केही नवौं र १० औं तहका कर्मचारीलाई मात्र गर्‍यो तर संस्था झनै टाट पल्टियो,’ डा। केसीले भनेका छन्, ‘एक जना मात्र प्रबन्ध निर्देशक हुने समयावधिमा यसले १२ जना कार्यकारी निर्देशक पाइसकेको छ । जसमा म पनि इच्छा विपरीत दुई पटक सामेल भइसकेको छु । ठिमाहा बीउ रोपेपछि धान कसरी फल्थ्यो र रु’

डा। केसीले ठेकेदारसँग साँठगाँठ गरी उत्पादन प्रणाली ध्वस्त पार्ने र संस्था टाट पल्टाएर आफ्नो रोटी सेक्नेलाई समितिले कारबाहीको दायरामा ल्याउनुपर्ने तर अहिलेको समितिमा त्यो तागत नभएको बताएका थिए ।

मन्त्रीको सचिवालय स्रोतले पनि डा। केसीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरेको छ ।

‘वैद्यखानाको काम चुस्त नभएको कर्मचारीबाट गुनासो आयो । हेलो स्वास्थ्यमा पटक(पटक गुनासो आएपछि मन्त्री आफैं अनुमनमा जानुभएको थियो,’ मन्त्रीको सचिवालय स्रोत भन्छ, ‘उहाँले स्पष्ट वैद्यखानामा देखिएको समस्यालाई समाधान गर्ने बताउनुभएको थियो । तर सरकारी कर्मचारीलाई नेतृत्व तहमा पालना गर्नुपर्ने नियम तथा विधि पालना गर्नुपर्ने हो कि होइन त्यही विषयमा हामीले स्पष्टीकरण सोधेका हौं ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com