ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनबाट हुथीले इजरायलमा हान्यो क्षेप्यास्त्र, १६ जना घाइते


एबीसी न्यूज
पुस ७, २०८१ आईतबार  ११ : १० बजे

काठमाडौं ७ पुस । इजरायली सेनाका अनुसार यमनमा उपस्थित हुथी विद्रोहीले राजधानी तेल अभिभमा मिसाइल आक्रमण गरेका छन्। तीमध्ये एउटा मिसाइल तेल अभिभमा खसेको छ।

इजरायलको एम्बुलेन्स सेवाले आक्रमणमा घाइते भएका १६ जनालाई स्वास्थ्य सहायता उपलब्ध गराएको जानकारी दिएको छ।

मिसाइल खसेपछि भएको विस्फोटमा आफ्नै घरका सिसा फुटेर मानिसहरूलाई चोट लागेको हो।

प्रत्यक्षदर्शी बेथ शाहाईले भनिन्, विस्फोटबाट घरका सबै झ्यालका सिसा फुटेका छन्। बैठक कोठामा, भान्साकोठामा, सुत्ने कोठामा घरभरि सिसाका टुक्रा छरिएका छन्। घटना यति छिटो भयो कि हामी बाहिर निस्केर भाग्न पनि भ्याएनौँ।

यमनबाट प्रहार गरिएको एउटा क्षेप्यास्त्र इजरायलको वायु रक्षा प्रणालीलाई पार गर्न सफल भएको थियो। यो मिसाइल तेल अभिभमा खसेको थियो।

इजरायली सेनाले हुथी विद्रोहीले प्रहार गरेको मिसाइल खसाल्न असफल भएको र यो मिसाइल पार्कमा खसेको बताएको छ।

हुथी विद्रोही समूहका प्रवक्ता याह्या सारीले भने, ‘यमनी सशस्त्र सेनाको क्षेप्यास्त्रले जाफाको कब्जामा रहेको इजरायली सैन्य आधार शिविरलाई निशाना बनाएको थियो। हामीले हाइपरसोनिक ब्यालेस्टिक मिसाइल हानेका थियौँ र त्यसले लक्ष्य भेटाएको छ।’

इरान समर्थित हुथी विद्रोही समूह प्यालेस्टाइनको समर्थक मानिन्छ।

इजरायलले गाजामा आक्रमण गरेपछि हुथी विद्रोहीले लाल सागरबाट इजरायलतर्फ जाने जहाजमा आक्रमण गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

झापा ५ मा ओलीको नयाँ विकास वाचा : ‘ दैलेख ग्यास उत्खनन् तत्काल, सिलिन्डरबाट मुक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com