ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा सवारी दुर्घटना, एकको मृत्यु, ११ जना घाइते


एबीसी न्यूज

काठमाडौं ५ पुस । दाङमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिक वडा नं। १० गुर्जेखोला नजिकै शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने बसमा सवार ११ जना घाइते हुनुभएको छ ।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१६ नं। को बसले बिपरित दिशाबाट आँउदै गरेको रा ५ प ६६५४ नं। को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–१० निवासी ४४ वर्षीय दिलिप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते केसीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा बसमा सवार २२ जनामध्ये ११ जना घाइते हुनुभएको छ । घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार प्रहरीले बस चालक घोराही–१८ फुर्सेखाली निवासी वर्ष ५३ का गोपाल बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com