ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसमा बीपीको नाम लिएर आफू उम्किने परिपाटी विकास भयो – गगन थापा


एबीसी न्यूज

काठमाडौं ५ पुस ।   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी विश्वेश्वरप्रसाद कोईराला को नाम लिएर आफूलाई मन लागेका कुराहरू भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीभित्र नेताहरूलाई आफूलाई भन्न मन लागेको कुराहरू बीपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले पार्टीका नेता, कार्यकर्ताहरूले विपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए। उनले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे।

आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाए।  उनले भने, ‘हाम्रो पार्टीभित्र जसलाई जे कुरा भन्नुपरेता पनि कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्‍यो भने कहाँ गएर खोज्ने भने बीपीले यस्तो भन्नुभएको थियो भन्ने। बीपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न। बीपीले यस्तो भनिदिएको थियो भनेर भनिदिने । त्यसो गरेपछाडि सजिलोसँग उम्किने बाटो हुने।’

उनले थपे, ‘कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला। कसैलाई के मन नपर्ला। यो त प्रोग्रामका कुराहरु हुन्। बढो सजिलोसँग पार्टीको बैठकमा वा यस्ता मञ्चहरूमा सबै ठाउँमा हाम्रो बीचमा वादविवाद, विमर्स हुँदै गर्दा मान्छेले यो कुरा ठिक भएन भन्दै गर्दा विपी कोईरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ। धर्मका सन्दर्भमा पनि यो कुरा बढो जोडतोडले आएको छ। बीपीको पार्टी भएर बीपीको बाटो छोड्नेरु भन्छन्।’

महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु भएको बताए। उनले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको धारणा राखे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com