ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यु-१९ टिम : हङकङविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्वीप’


एबीसी न्यूज

काठमाडौं ५ पुस । एक खेल अगावै सिरिज जितेको नेपाली यु–१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले हराएको हो। यो जितसँगै ३(० को नतिजा निकाल्दै नेपालले सिरिजमा ‘क्लिन स्वीप’ गरेको हो।

यसअघि पहिलो खेलमा तीन विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई दुई सय २६ रनले हराएको थियो।

अन्तिम खेलमा नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए। सूर्याम्सु कोइरालाले सर्वाधिक ६० रन जोड्नुहुँदा कप्तान अभिषेक तिवारीले ५६ र सन्तोष यादवले ५३ रन बनाउँदै अर्धशतक पूरा गर्नुभएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले तीन अर्धशतकका साथ ४९।१ ओभरमा सबै विकेट गुमाएर २६५ रन बनाएको थियो। 

 

नेपालविरुद्ध हङकङका चार जना बलरले समान दुईदुई विकेट हात पारे। २६६ रनको लक्ष्य पछ्याएको हङकङका लागि प्रित मांगुकियाले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। पूरै ५० ओभर खेल्दै हङकङ १३५ रनमा समेटिएको हो।

नेपालका लागि अभिषेक तिवारी र अफुदिन वर्षाले दुईदुई विकेट लिनुहुँदा राजेश बोहोरा, दीपक सेरेला र सन्तोष यादवले एकएक विकेट हात पार्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com