ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणस्तरीय शिक्षाका लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरू हुँदै


एबीसी न्यूज

काठमाडौं ५ पुस । नेपालमा गुणस्तरीय शिक्षाका लागि आजदेखि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुँदैछ । शिक्षा मन्त्रालय रातो बङ्गला फाउन्डेसनको आयोजनामा आज, भोलि र पर्सि ललितपुरको पाटनमा रहेको रातो बङ्गला स्कुलमा यो सम्मेलन हुने भएको हो ।

सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक तथा भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवद्र्धन, पूर्व प्राथमिक शिक्षा, पढाइ र सिकाइलगायतका बारेमा छलफल हुने फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले जानकारी दिनुभयो ।

नेपालमा सन् २०१३ मा ‘सबैका लागि शिक्षा’ भन्ने नारासहित पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेल भएको थियो । समयको माग र आवश्यकताको आधारमा विद्यालयले शिक्षालाई प्रविधि र जिवनोपयोगी बनाउने उद्देश्यले तेस्रो सम्मेलन गर्न लागिएको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

सम्मेलनमा सात जना विदेशी विज्ञसहित पाँच सयभन्दा धेरै शिक्षाकर्मीहरूको उपस्थिती रहने छ । तीन दिनसम्म हुने सम्मेलनमा ४० वटा कार्यशाला, १० वटा शत्र, १२ वटा कार्य प्रस्तुति, ४ वटा विषेश प्रस्तुति र ४ वटा अनुभव प्रस्तुत गरिने छ ।

शिक्षासँगै रोजगारीको अवसर नहुने र गुणस्तरीय शिक्षाको अभावमा विदेशिने युवाको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । यसलाई कम गर्नका लागि पनि सम्मेलनले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com