ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीको अनुसन्धान प्रभाव पार्न जथाभावी बोल्दै हिँडेका छन् – गृहमन्त्री


एबीसी न्यूज

काठमाडौं ४ पुष । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा भइरहेको अनुसन्धानलाई प्रभाव पार्न विभिन्न पार्टीका मानिसले जथाभावी बोल्दै हिँडेको टिप्पणी गरेका छन् । उनले अपराधमा संलग्न देखिए जोसुकै व्यक्ति पनि कानुनी कारबाहीको दायरामा आउनेसमेत बताएका छन् ।

इलाका प्रशासन कार्यालय रामपुर, पाल्पाको नवनिर्मित भवनको बुधबार उद्घाटनका क्रममा मन्त्री लेखकले रास्वपाका नेता–कार्यकर्तातर्फ इंगित गर्दै सहकारी ठगीसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्न खोजेको बताएका हुन् ।

‘अनुसन्धानको दायरामा ल्याउनलाई ठूलो वा सानो मान्छे भन्ने हुँदैन । जोसुकैलाई अनुसन्धानको दायरामा ल्याइन्छ,’ उनले भने । गृहमन्त्री लेखकले भ्रष्टाचार समाप्त गरेर सुशासन कायम गर्न कांग्रेस–एमालेको गठबन्धन सरकार बनेको बताए ।

उनले शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे । ‘शान्ति सुरक्षा र अमनचयन भएन भने विकास निर्माणदेखि लिएर सबै क्षेत्रमा असर पर्छ,’ उनले भने ।

गृहमन्त्री लेखकले इलाका प्रशासन कार्यालयबाट राहदानी सेवा र राष्ट्रिय परिचयपत्रको सेवासमेत शुभारम्भ गरे । त्यस क्रममा उनले कर्मचारी वा कुनै सामग्रीको अभावले सेवा रोकिने अवस्था नआउने बताए । नागरिकलाई सरल र सहज ढंगले सेवा प्रदान गर्न आवश्यक कर्मचारी व्यवस्थापन हुने उनको भनाइ थियो ।

पाल्पा सदरमुकाम तानसेनदेखि ७० किलोमिटर पूर्वको रामपुर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय २०७३ सालदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको थियो । चार करोड ६८ लाख ६८ हजार ८ सय ५३ रुपैयाँ लागतमा १४ कोठाको साढे २ तले भवन निर्माण भएपछि त्यसमा कार्यालय सरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण आचार्यले रामपुर क्षेत्रको विकासका लागि इलाका प्रशासन कार्यालयसँगै इलाका प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षकको दरबन्दीको माग गरेका थिए । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले रामपुर क्षेत्रमा बसाइँसराइ गरेर आउनेको संख्या बढेकाले सेवासुविधा थप्दै लानुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठले रामपुर क्षेत्रलाई रोल्पासम्म जोड्ने गरी सडक निर्माणको काम अघि बढेको उल्लेख गर्दै नागरिकलाई जतिसक्दो धेरै सुविधा दिन लागिपरेको बताए । लुम्बिनी प्रदेशसभाका अर्का सदस्य वीरबहादुर रानाले नागरिकले सेवासुविधा नपाएको गुनासो सुन्न नपर्ने अवस्था आउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com