ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध लुकाउनकै लागि रवि लामिछानेले दल खोलेको एमाले नेता महेश बर्तौलाको आशंका


एबीसी न्यूज

काठमाडौं ३ पुष ।     नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको पर्याप्त प्रमाणहरु रहेको बताएका छन् ।

नेता बर्तौलाले अहिले रवि लामिछानेमाथि मात्रै सहकारी ठगीमा छानविन भएको जस्तोगरी प्रचार गरिएको बताए । उनले सूर्यदर्शन सहकारीमा मात्रै ५१ जनालाई प्रतिवादी बनाईएको र देशमा अहिले २९ हजार नागरिक कुनै न कुनै अभियोगमा थुनामा रहेको बताए । आरोप लागेपछि लामिछानेमाथि अनुसन्धान हुन हुँदैन भन्ने शोभनीय नहुने उनको भनाइ छ ।

‘हामीले बाहिरबाट देख्दा तथ्य प्रमाणहरु छन् । अब यसको परीक्षण भोलि अदालतबाट होला । उहाँविरुद्धको प्रमाणको भार पुर्याउन दायित्व उहाँ स्वयंको हो । उहाँले पुर्याउनुहोला, यहाँमा हाम्रो कुनै आपत्ति छैन । अनुसन्धानमा उहाँमात्रै होईन । उहाँसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । यो देशका २९ हजार नागरिक जेलमा छन्,’– उनले भने ।

साथै, उनले लामिछाने विभिन्न अपराधमा संलग्न भएर त्यसबाट जोगिनकै लागि राजनीतिमा आएको हुनसक्ने आशंका व्यक्त गरे । उनले यसरी राजनीतिमा आउनु लोकतन्त्रका लागि पनि घातक हुने उनको भनाइ छ ।

‘राजनीतिमा आउनुभन्दा पहिला सांसद हुनुभन्दा पहिला यत्रा विभिन्न खालको आर्थिक अपचलनसँग जोडिएको विषयमा उहाँको संलग्नता आफैंमा पनि यो गम्भीर विषय हो । यस्ता चिजलाई प्रोटेक्टसन गर्न उहाँ राजनीतिक पार्टी खोलेर आउनु भएको हो भने लोकतन्त्रमा यो भन्दा डरलाग्दो र भयानक विषय के हुनसक्छ ? प्रश्न गर्दै उनले भने ।

साथै, विधिको शासन र लोकतन्त्रमा हिरासतबाट पार्टी सञ्चालन हुन नसक्ने उनले बताए । रास्वपाको केन्द्रीय समितिले संस्थागत निर्णय गर्दै आफ्ना सभापति निर्दोष रहेको भन्दै रिहाइको माग गर्नुपनि हाँस्यास्पद रहेको उनको भनाइ छ । रास्वपाले आफ्नो सभापतिको पक्राउका विरुद्धमा गरिरहेका सबै गतिविधि गलत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com