ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपीएलको फाइनल प्रवेशका लागि सुदूर र जनकपुरबीच ‘हाई भोल्टेज’ भीडन्त


एबीसी न्यूज

काठमाडौं ३ पुष । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुने छ ।

यस खेललाई हाइ भोल्टेज भिडन्तका रूपमा पनि लिन सकिन्छ । शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलीलाई हाइली क्यापेबल टिमका रूपमा लिन सकिन्छ । सुदूरको सबै पक्ष सन्तुलित देखिँदा सुरूवाती चार खेलपछि लय गुमाएको भएपनि जनकपुरको टिम बलियो नै देखिएको छ ।

सुदूरपश्चिम लिग चरणमा ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ ।

पहिलो क्वालिफायर खेलमा विजयी हुने टोली सिधै फाइनलमा स्थान सुरक्षित गर्ने छ भने दुई दिनको ग्याप समेत प्राप्त गर्ने छ । यस खेलमा पराजित हुने टोलीका लागि भने अर्को मौका हुनेछ । इलिमिनेटरको विजेतासँग खेलेर हराएमा फाइनल पुग्ने अर्को विकल्प रहन्छ ।

 

हेड टु हेड

यी दुई टोलीबीच लिग चरणमा भएको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरले ५१ रनमा अलआउट गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएपछि सुदूरले २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो । सुदूरका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाएका थिए भने अर्का ओपनर सेफ जैबले २१ रन बनाएका थिए ।

५५ रन जोड्दासम्म कुनै विकेट नगुमाएको सुदूरले त्यसपछि ६८ रन जोड्दा ९ विकेट गुमाएको थियो । सुदूरलाई रोक्न किशोर महतोले ४ विकेट लिएका थिए भने शेर मल्ल र अरनिको यादवले २(२ विकेट लिएका थिए । हर्श थाकरले १ विकेट लिए ।

जवाफमा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा अलआउट भएको थियो । यो एनपीएलकै सबैभन्दा कम योगफल हो । सुदूरका हर्मीत सिंह, दिपेन्द्रसिंह ऐरी र इशान पाण्डेले २(२ विकेट हात पारेका थिए भने सेफ जैब, नरेन साउद र स्कट कुग्लेइनले १(१ विकेट लिएका थिए । जनकपुरका जोसुआ ट्रोम्पले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन नै बनाएनन् ।

त्यही दुई टोलीबीचमा अब फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीको प्लेअफ यात्रा र टिमको अवस्था

सुदूरपश्चिम यस प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । चितवनसँगको एकमात्र खेलमा पराजित भएको सुदूरले हालसम्म कुनै गल्ती गरेको छैन । ब्याटिङ बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा सुदूर अब्बल देखिएको छ ।

सुदूरले सुरूवाती तीन खेलमा शानदार जित निकालेको थियो । विराटनगरलाई ९२ तथा काठमाण्डुलाई ९४ रनमा अलआउट गरेको सुदूरले लुम्बिनीलाई १४२ रनमा रोकेको थियो । त्यसपछिको खेलमा भने चितवनले दिएको १६५ रनको लक्ष्य पूरा गर्न सकेको थिएन ।

त्यसपछि जनकपुरलाई ५१ रनमा अलआउट गरेको सुदूरले पोखरालाई ५ रनले हराउँदा कर्णालीलाई ६ विकेटले पराजित गरेको थियो ।

सुदूरको ओपनिङमा विनोद भण्डारी र सेफ अलि जैबको जोडीले मध्यम सुरूवात दिलाइरहेका छन् । यस खेलमा पनि उनीहरूलाई नै मौका दिइने पक्कापक्की छ । जैबले ७ खेलमा १७४ रन तथा विनोदले ७ खेलमा १३४ रन बनाएका छन् ।

त्यस्तै स्कटिश खेलाडी ब्रान्डन माकमुलेनले पनि सुदूरका लागि शानदार अलराउण्ड प्रदर्शन गरेका छन् । आरिफ शेख र इशान पाण्डेले मिडल अर्डरमा ठीकठाक खेलेका छन् । हर्मीत सिंहको आगमनले टिममा बाँयाहाते बलिङ र लोअर अर्डर ब्याटिङको विकल्प थपिएको छ ।

कप्तान दिपेन्द्रसिंह ऐरीले आवश्यकता अनुसारको अर्डरमा ब्याटिङ गरिरहेका छन् । त्यसैगरी स्कट कुग्लेइनले शानदार बलिङसँगै ब्याटबाट पनि केही शटहरू खेलेका छन् । नरेन साउद र जैबले राम्रो स्पीन गरिरहेका छन् । अविनशाको पेस बलिङ पनि ठीकठाक छ ।

क्‍वालिफायर १ जितेर सिधै फाइनल पुग्ने सुदूरको लक्ष्य हुनेछ भने त्यसमा विदेशी खेलाडीहरू सेफ जैब र माकमुलेनको अलराउण्ड प्रदर्शन तथा स्कट कुग्लेइनको बलिङ महत्वपूर्ण हुनेछ । कप्तान दिपेन्द्रको ब्याटिङ र बलिङ चुस्त हुन सके त्यसले थप सहयोग पुग्ने छ र सुदूरको जितको आधार बन्ने छ ।

कप्तान दिपेन्द्रले टिम राम्रो भएको र उपाधि जित्ने माइन्डसेटले नै सुरूवातदेखि खेलिरहेको प्रतिक्रिया दिएका छन् । ‘सबैजना त्यहीअनुसार तयारी गरिरहेका छन्, हाम्रो टिम पनि बलियो छ सबैकुरामा सन्तुलन पनि मिलेको छ । सुरूदेखि भन्दै आएका छौं उपाधि जित्छौं भनेर, हेरौं के हुन्छ अब, राम्रो हुन्छ भन्ने नै छ।’

जनकपुरसँग लिग चरणमा खेलिसकेकाले अब टिम मिटिङमा त्यही खेलको प्रदर्शनअनुसार प्लानिङ गर्नुपर्ने उनको भनाइ थियो ।

उता जनकपुर भने सुरूवाती चार खेल लगातार जितेपछि लय धर्मराएको टिम हो । सुरूवाती चार खेलमा शानदार प्रदर्शन गर्दै अपराजित रहेको जनकपुरले शीर्षस्थानमा लिग चरण सकाउने धेरैको अनुमान थियो ।

तर चार जितपछि पाँचौं खेलमा सुदूरसँगै १२४ रनको लक्ष्य पछ्याउने क्रममा एक्सपोज भएको जनकपुरको मिडल अर्डर त्यसपछिको खेलमा पनि चलेको थिएन । सुदूरसँग ५१ रनमा अलआउट भएपछि काठमाण्डुलाई हराएको जनकपुर अन्तिम खेलमा चितवनसँग पराजित भएको थियो । चितवनसँग न्युजिल्याण्डका जिमी नीशमले शानदार ब्याटिङ गरेपनि खेल भने जिताउन सकेनन् ।

सुरूवाती समयमा जनकपुरको टप अर्डर ब्याटिङदेखि मिडल अर्डर र बलिङमा पनि सबैकुरा मिलेको देखिएको भएपनि त्यसपछिका प्रदर्शनले जनकपुरको ब्याटिङमा केही चिन्ता थपेको छ ।

राष्ट्रिय टोलीका दुई खेलाडी अनिल शाह र आसिफ शेखको ओपनिङ जोडी त्यति सफल नभइरहेका बेला अनिल चोटका कारण प्रतियोगिताबाटै बाहिरिसकेका छन् । अब जनकपुरले आसिफसँग नयाँ ओपनिङ विकल्प खोज्नुपर्ने छन । पछिल्लो समय यू(१९ टिममा राम्रो गरिरहेका आकाश त्रिपाठी र मयन यादव दुवै जनकपुरमा छन् । उनीहरूमध्ये एकजना खेलाउन सक्नेछ । आसिफले हालसम्म ७ खेलमा ११४ रन बनाएका छन् ।

लाहिरु मिलान्थाले ७ खेलमा १९२ रन बनाउँदा जिमी नीशमले ६ खेलमा १५३ रन बनाएका छन् । नीशमले बलिङ्बाट पनि ४ विकेट लिएका छन् । यी दुई खेलाडीको प्रदर्शन पनि निकै महत्वपूर्ण हुनेछ ।

बलिङमा ललित राजवंशीले शानदार प्रदर्शन गरिरहेका छन् । उनले ७ खेलमा १३ विकेट लिएका छन् र सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रोमा छन् । त्यस्तै हर्श थाकर र किशोर महतोले समान १० विकेट लिएका छन् । मोहमद मोहसिनले ७ विकेट लिएका छन् । पार्ट टाइम बलर शेर मल्लले ५ खेलमा ६ विकेट लिएका छन् । यी प्रदर्शनका कारण बलिङमा जनकपुरको त्यस्तो समस्या देखिएको छैन ।

लिग चरणमा सुदूरपश्चिमसँगको खेलमा गरेको गल्ती सुधार्दै जनकपुर फेरि सुरूवातको जस्तै उत्कृष्ट लयमा फर्किएर सुदूरलाई हराउँदै सिधै फाइनलमा स्थान बनाउन चाहनेछ ।

प्रशिक्षक पुबुदु दासानायकेले पनि पछिल्लो केही खेलमा ब्याटिङमा केही कमजोरी देखिएकाले सुधार्ने बताएका छन् । ‘टप अर्डरहरू पछिल्लो समयमा चलेका छैनन्, उनीहरू चल्न थालेपछि हामी पहिलेका खेलजस्तै लयमा आउनेछौं’ उनले भनेका छन्, ‘टप अर्डरका चारमध्ये २ ब्याटरले रन हान्नेपर्छ, आशा छ प्लेअफमा राम्रो हुनेछ।’

खेल स् सुदूरपश्चिम रोयल्स भर्सेस जनकपुर बोल्ट्स – क्‍वालिफायर १

मिति र समय स् ३ पुस, दिउँसो १ बजे

स्थान स् टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर

सुदूरपश्चिम रोयल्स सम्भावित ११ स् विनोद भण्डारी, सेफ अली जैब, ब्रान्डन माकमुलेन, इशान पाण्डे, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, स्कट कुग्लेइन, नरेन साउद, नरेश बुढाएर, अविनाश बोहरा,

जनकपुर बोल्ट्स सम्भावित ११ स् मयन यादवरआकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, जिमी नीशम, मोहमद मोहसिन, शुभ कंसाकार, शेर मल्ल, अरनिको यादव, किशोर महतो, ललित राजवंशी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com