ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै


एबीसी न्यूज

काठमाडौं ३ पुष । पर्सि शुक्रवारदेखि तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन शुरू हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा यही डिसेम्बर २०, २१ र २२ अर्थात पुस ५, ६ र ७ गते हुने सम्मेलनमा समग्र नेपालको शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि गर्न सकिने प्रयासका बारेमा छलफल हुनेछ ।

सन् २००३ देखि नै शुरु भएको सम्मेलन औपचारिक रुपमा यसअघि पहिलो सम्मेलन सन् २०१३ र दोस्रो सन् २०१९ मा भएको थियो ।

पूर्व प्राथमिक तहका कक्षाहरुदेखि नै गुणस्तरीय शिक्षा उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घको दीगो विकासको लक्ष्य–४ मा रहेको गुणस्तरीय शिक्षा र नेपालमा विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत काम गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षितले बताउनुभयो ।

बाल केन्द्रित सिकाइको सुनिश्चितता गरेमा दीर्घकालीन र सार्थक सिकाइ हुने उद्देश्यसहित मन्त्रालयसँगको समन्वयमा सम्मेलन आयोजना गर्न लागेको उहाँको भनाइ छ ।

शिक्षा क्षेत्रका सात जना अन्तर्राष्ट्रियस्तरका विदेशी विज्ञसहित झण्डै पाँच सय जना शिक्षाकर्मीको सभागितामा हुने सम्मेलनमा गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यासहरुबारे छलफल गरी नेपाल सुहाउँदो शिक्षण र सिकाई विधिमा जोड दिइने छ । आउने दिनमा देशका सातवटै प्रदेशमा सम्मेलन आयोजना गर्ने लक्ष्य रहेको अध्यक्ष दीक्षितले बताउनुभयो ।

सम्मेलनबारे जानकारी दिन ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षाकालागि नीति निर्माण र सरोकारवालाहरुको ध्यानाकर्षणका लागि सम्मेलन उपलब्धिमूलक हुने बताउनुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले नेपालमा शिक्षा क्षेत्रमा भएका कमीकमजोरीको निवारण गरेर कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र नेपालको भावी शिक्षा प्रणालीलाई एउटा सकारात्मक मोड दिन सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक, भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवर्तन, पूर्वप्राथमिक शिक्षा, पढाइ र सिकाइ विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

सम्बन्धित

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com