ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस


एबीसी न्यूज
पुस २, २०८१ मंगलबार   ११ : १३   बजे

काठमाडौं २ पुष । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको छ । मङ्सिर २७ गते थपिएको पाँच दिनको म्याद सकिनुअघि नै प्रहरीले सोमबार दिउँसो प्रतिवेदन बुझाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्बल्सका सञ्चालक रामबहादुर खनाल, जिबी एन्ड ग्रुपकी कर्मचारी लीला पछाई र सहकारीका पूर्वसञ्चालक कृष्ण गुरुङलगायतमाथि अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो ।

यसअघि कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भई विचाराधीन रहेका १९ जनाविरुद्ध पनि अनुसन्धान गरी पूरक प्रतिवेदन बुझाइसकिएको छ । सूर्यदर्शन सहकारी प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पूरक प्रतिवेदन मङ्सिर २६ गते र थप प्रतिवेदन सोमबार बुझाइएको जानकारी दिनुभयो ।

प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । “६५ जनाविरुद्ध अनुसन्धान गरेकोमा ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेका छौँ,” प्रनाउ शर्माले भन्नुभयो, “विपक्षी बनाइएकामध्ये कास्की प्रहरीको हिरासतमा पाँच जना र नौ जना

पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।” प्रतिवेदनमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

अनुसन्धान भएका बाँकी व्यक्तिको ठेगाना नखुलेकाले खुलेका बखत प्रतिवादी बनाएर मुद्दा अघि बढाउने तयारी छ । प्रहरी प्रतिवेदनमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपियाँ बिगो मागदाबी लिन सुझाइएको छ । प्रहरीले प्रतिवादी बनाएकामध्ये ३७ जना अझै फरार छन् । सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि कास्की प्रहरीलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले पनि सघाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले दुवै प्रतिवेदन प्राप्त भएको र ती प्रतिवेदन अनुसन्धानका क्रममा रहेको उल्लेख गर्नुभयो । ती प्रतिवेदन अध्ययन, विश्लेषण गरी पहिलो चरणमा कार्यालयले मुद्दा चल्ने वा नचल्ने निर्णय लिने छ । “मुद्दा चल्ने निर्णय भएमा प्रहरी प्रतिवेदनका आधारमा अभियोगपत्र तयार हुन्छ,” काफ्लेले भन्नुभयो, “भोलि ९मङ्गलबार० नै प्रतिवेदन तयार हुने अवस्था छैन । प्रतिवेदन तयार गर्न हामीलाई आवश्यक म्याद प्राप्त हुने अपेक्षा गरेका छौँ ।”

लामिछानेसहित पाँच जनाविरुद्ध थपिएको पाँच दिनको म्याद सोमबारै सकिएको छ । मङ्गलबारबाट बढीमा चार दिनभित्र अभियोगपत्र बुझाइसक्नुपर्ने कानुनी बाध्यता छ । मङ्गलबार उनीहरूलाई म्याद थपका लागि अदालत लैजाने तयारी छ । अनुसन्धान गरिएका तीन अभियोगमध्ये सबैभन्दा बढी सम्पत्ति शुद्धीकरणमा तीन महिनाभित्र अभियोजन गर्नैपर्ने कानुनी व्यवस्था छ । सूर्यदर्शनको पूरक अनुसन्धानमा सबैभन्दा पहिले पूर्वउपाध्यक्ष छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेको थियो ।

जोशीसँगै सबैलाई अभियोजन गरिने हुँदा पुस ५ गतेभित्र सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा बुझाइसक्नु पर्छ । प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको थियो । सांसद सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले सूर्यदर्शन सहकारीबाट पाँच करोड ५८ लाख गोर्खा मिडियामा गएको उल्लेख गरेको छ ।

लामिछानेलगायतलाई पोखराको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी र नेपालगन्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । देशभरका सहकारीबाट ६५ करोड गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेलाई कात्तिक २ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएको थियो । लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको देखिएको छ ।

सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर भएपछि अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारण तारिखमा छाड्नेमध्ये एक आदेश आउने छ । रविलाई धरौटी वा साधारण तारिखमा छाड्ने आदेश भए अन्यत्रका चार सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उहाँलाई हिरासतमै राख्न सक्ने छ । पाँच वटै ठाउँमा लामिछानेको बयान लिइसकिएको छ । यो अवधिमा लामिछानेलगायतलाई सात पटक म्याद थप गरी अनुसन्धान भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group