ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरू


एबीसी न्यूज

काठमाडौं २ पुष । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरू भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले व्यवसायिकरुपमा रात्रिकालीन उडान शुरू गरेको हो ।

राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा शुरू भएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको बताउनुभयो । राजविराज विमानस्थलमा यसअघि बुद्ध एअरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो ।

नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एअरले गएको शुक्रवार रात्रिकालीन उडानको परीक्षण गरेको थियो । परीक्षण उडान सफल भएसँगै बुद्ध एअरले काठमाण्डौ–राजविराजको रात्रिकालीन व्यवसायिक उडान शुरू गरेको हो ।

योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाण्डौ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा इन्ट्रयुमेन्ट फ्लाइट ९आईएफआर० नियम अनुसार उडान शुरू भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द र ढिलाइको समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन् ।

आईएफआरमा दुई हजार मिटरमा उडान गर्न सकिने भएपछि मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुनेछ । यसअघि भीएफआर उडानका लागि कम्तीमा पाँच हजार भिजिविलिटी हुनुपथ्र्यो । यसले उडान ढिलो तथा रद्द हुने समस्या थियो ।

राजविराज विमानस्थल २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गर्नुभएको थियो । राजविराजमा रात्रिकालीन उडानले मधेशको पर्यटन क्षेत्रमा पनि अवसर पुग्ने स्थानीयवासी रोशन मण्डलले विश्वास व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको प्रतिस्पर्धी कोही छैन, नजित्ने ठाउँ कहीँ छैन – अध्यक्ष ओली

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

सम्बन्धित

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com