ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अम्बानी र अदानी दुवै १०० करोड क्लबबाट बाहिरिए


एबीसी न्यूज
पुस १, २०८१ सोमबार   ४ : ३२   बजे

काठमाडौं १ पुष । यो वर्षको सुरुमा भारतीय अर्बपति मुकेश अम्बानीको छोराको बिहेले संसारभर सनसनी मच्चाएको थियो। मुम्बईदेखि इटलीको रिभिएरासम्म आयोजना गरिएको ७ महिना लामो भव्य बिहेका समारोहहरूमा पाहुनाहरूलाई मनोरञ्जन दिलाउन रिहान्नादेखि जस्टिन बिबरसम्मलाई झिकाइएको थियो।

करिब ६० करोड डलर खर्च भएको अनुमान गरिएको सो बिहेले भारतका महाधनीहरूको आत्मविश्वास कति उच्च छ भन्ने पनि देखाएका थियो। किनकि विस्तार भइरहेको अर्थतन्त्रमा उनीहरूको सम्पत्ति तीव्र गतिमा बढिरहेको थियो। तर, ६ महिनापछि अहिलेको परिदृश्य त्यति उज्ज्वल देखिँदैन।

रिलायन्स इन्डस्ट्रिज लिमिटेडका प्रमुख मुकेश अम्बानी र अदानी ग्रुपका संस्थापक गौतम अदानी दुवैले यस्ता अनेकौँ जोखिम सामना गरिरहेका छन्, जसले उनीहरूको व्यवसाय र अपार व्यक्तिगत धनमा क्षति गरिरहेका छन्।

अम्बानीको उर्जा र खुद्रा व्यवसायले राम्रो प्रदर्शन गरिरहेको छैन। ऋणका कारण लगानीकर्ताहरूको चिन्ता बढेको छ। अदानीको साम्राज्यमा त अमेरिकी सरकारको अभियोगले भुइँचालो नै ल्याएको छ। जसका कारण लगानी भित्र्याउन र ठेक्का हात पार्न उनलाई मुस्किल हुन थालेको छ। र, संकट टरिसकेको हो कि होइन, अझै थाहा छैन।

गत वर्ष हिन्डेनबर्ग रिसर्चले उनका कम्पनीहरूलाई ठगीलगायतको आरोप लगाएपछि अदानी लगानीकर्ताहरूको विश्वास जित्ने कोसिस गरिरहेका थिए। यस्तोमा अमेरिकाले घुस खुवाएको आरोप लगाएपछि अदानी फेरि अन्तर्राष्ट्रिय चर्चामा आएका छन्।

उनले दुवै आरोपको खण्डन गरेका छन् र त्यसविरुद्ध लडिरहने वाचा गरेका छन्।

तर, सो आरोपले अदानी समूह र यसको सेयर मूल्यमा भार पर्ने देखिन्छ। हिन्डेनबर्गको आरोपपछि अदानीको सम्पत्ति गत जुलाई १२२।३ अर्ब डलर पुगेको थियो। अमेरिकी आरोपपछि त्यो कमाइ गायब भएको छ। ब्लुमबर्ग बिलियनायर इन्डेक्सका अनुसार अहिले अदानीको सम्पत्ति ८२।१ अर्ब डलर छ।

अर्बौं सम्पत्ति बिलाएर जानेमा उनी मात्र छैनन्। एसियाका सबैभन्दा अम्बानीलाई पनि धक्का लागेको छ। जुलाईमा घरमा बिहे चलिरहँदा उनको सम्पत्ति १२०।८ अर्ब डलर पुगेको थियो।

तर, रिलायन्सको कमाइ घटेको छ, उर्जा व्यवसाय पनि कम भएको छ। डिसेम्बरमा १३ मा उनको सम्पत्ति ९६।७ अर्ब डलर छ।

जसका कारण अम्बानी र अदानी दुवै १०० करोड क्लबबाट बाहिरिएका छन्।

अम्बानीले आफ्नो व्यापारमा रणनीतिक परिवर्तन गरेका छन्। उनको अबको ध्यान डिजिटल प्लाटफर्म, खुद्रा ब्रान्ड र नवीकरणीय उर्जामा देखिन्छ। तर, खुद्रा व्यवसायमा बिक्री र नाफा घटेको छ भने भारतका ठूला सहरहरूमा उनका प्रतिस्पर्धीहरूले व्यापार बढाएका छन्।

त्यसमाथि इलोन मस्कको स्टार लिंक भारतमा प्रवेश गर्न खोज्दैछ। जसले अम्बानीको डिजिटल र टेलिकम व्यवसायलाई धक्का दिन सक्छ। ब्लुमबर्गबाट

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group