ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाका नयाँ नेतासँग वार्ता गर्न इयूका कूटनीतिज्ञलाई पठाइयो


एबीसी न्यूज

काठमाडौं १ पुष । सिरियाका लागि युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लासले सिरियाका लागि युरोपेली सङ्घका राजदूत दमास्कस जान लागेको बताउनुभएको छ ।

लामो समय सिरियामा शासन गरेका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेपछि पश्चिमा शक्तिहरूले सक्रियता बढाएको र यो पहल पनि तदनुरूप भएको बताइएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले विद्रोही समूह हयात तहरीर अल–शाम ९एचटीएस० को नेतृत्वमा रहेको दमास्कसमा नयाँ अधिकारीहरूसँग सम्पर्क गरेको बताएपछि ब्रसेल्सको यो पहल शुरू भएको हो ।

सिरियामा असदको परिवारको पाँच दशक लामो शासनको अन्त्य गर्दै विद्रोहीले सत्ता कब्जा गरेपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू सिरियामा प्रभाव जमाउन होडबाजी गरिरहेका छन् ।

“सिरियाका लागि हाम्रा उच्च कूटनीतिज्ञ आजै दमास्कस जानुहुनेछ र नयाँ नेतृत्वसँग सम्पर्क गर्नुहुनेछ,” इयूका विदेशमन्त्रीहरूको बैठकअघि कल्लासले पत्रकारसँग भन्नुभयो ।

एचटीएसको जड अल–कायदामा रहेको र धेरै सरकारहरूले यसलाई आतङ्कवादी समूहको रूपमा सूचीकृत गरेकाले पश्चिमा मुलुकहरूजस्तै युरोपेली सङ्घका राष्ट्रहरू पनि दमास्कसको नयाँ नेतृत्वप्रति सचेत छन् ।

इयूले देशको गृहयुद्धको समयमा दमास्कसमा असद शासनसँग सम्बन्ध विच्छेद गरेको थियो तर द्वन्द्वपीडित सिरियालीलाई मद्दत गर्न मानवीय सहायताको एक प्रमुख दाताको रूपमा छ ।

कल्लासले ब्रसेल्समा इयूका विदेशमन्त्रीहरूले सिरियाको नयाँ नेतृत्वसँग कसरी संलग्न हुने र कुन स्तरमा संलग्न हुने भन्ने विषयमा छलफल गर्ने बताउनुभयो ।

यसै महिना इयूको शीर्ष कूटनीतिज्ञको जिम्मेवारी सम्हालेका कल्लासले भन्नुभयो, “हामी सिरियामा युद्धपछिको शून्यतालाई बेवास्ता गर्न सक्दैनौँ ।”

दमास्कसका नवप्रवर्तक अधिकारीहरूले अल्पसङ्ख्यकहरूको संरक्षण गर्ने र समावेशी सरकार गठन गर्ने प्रतिबद्धता जनाएपछि अन्तर्राष्ट्रिय खेलाडीहरूले सतर्क आशा व्यक्त गरेका छन् ।

कूटनीतिज्ञहरूका अनुसार असदलाई सत्ताच्युत गरेपछि युरोपेली सङ्घका केही सदस्य राष्ट्रहरूले सिरियासँग सम्बन्ध विस्तार गर्न दबाब दिइरहेका छन् भने अन्य देशहरू बढी सतर्क छन् । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com