ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुगलका रोचक तथ्य: अफिसको घाँस तह लगाउन ब्राखा पाल्ने देखि डोमेन किन्ने स्मार्ट आईडियाहरु


admin
फाल्गुन २५, २०७४ शुक्रबार  ८ : २७ बजे

काठमाडौं, २५ फागुन । संसार स्मार्टनेसमा चलेको छ । जो अरु भन्दा स्मार्ट छ, आफ्नो क्षमता र दक्षता प्रमाणित गर्न सक्छ, नेतृत्व को जिम्मेवारी पनि उसैले सम्हाल्छ । टेक्नोलोजिको दुनिँयामा विग फोर भित्र पर्ने कम्पनी गुगलको यस्ता केहि रोचक तथ्यहरु छन् जुन सामान्य, हाँस उठ्दोे र रमाईलो लागे पनि उसको स्मार्टनेस झल्किन्छ । अफिसको घाँसको तह लगाउन बाख्रा पाल्ने देखि गुगलको अल्फाबेट नम्बरको डोमेन किन्ने लगायतका अन्य केहि तथ्यलाई यहाँ सूचीबद्ध गरिएको छ –

१. शुरूवातमा गुगलका संस्थापकलाई एचटिएमएल ( HTML (Hyper Text Markup Language) जो वेभ पेज बनाउने एवं डिजाइन गर्नको लागी काम लाग्छ) को बारेमा धेरै जानकारी थिएन । यसकारण गुगलको होमपेज धेरै सामान्य छ । धेरै समयसम्म त यसमा ‘सबमिट’ बटन पनि थिएन ।

२. गुगल नाम स्पेलिङ गलत हुनाले रह्यो । गुगलका संस्थापक ‘Googol’ राख्न चाहान्थे । तर स्पेलिङ गलत हुँदा ‘Google’ हुन पुग्यो ।

३. प्रतिबर्ष गुगलमा २० खर्ब ९५ अर्ब १० करोड वटा कुरा सर्च गरिन्छ । अर्थात प्रतिसेकेण्ड गुगलमा ६० हजार भन्दा धेरै सर्च हुन्छन् ।

४. सन् २०१० पछि गुगलले साप्ताहिक औषतमा एउटा कम्पनी किनेको छ ।

५. जिमेलको आइडिया राजन सेठले दिएका थिए । जब उनी गुगलमा जागिरको लागि अन्तरवार्ताको लागि गएका थिए । गुगलद्धारा जीमेल सेवा शुरू गर्नुभन्दा पहिले पुर्ण रुपमा जाँच्नको लागी यसलाई दुई बर्ष आन्तरिक रुपमा प्रयोग गरिएको थियो । २००४ को अप्रिल फुलको दिनमा गुगलले जीमेल शुरु गर्यो ।

६. १९९८ मा पहिलो पटक गुगलले ‘डुडल’ दर्शकलाई होमपेजमा देखायो । यसमा नेवाडाको उत्सवमा भाग लिएका दर्शकको बारेमा थियो । गुगलमा डुडल बनाउनको लागि धेरै ठुलो टिम काम गर्छ । जो अहिलेसम्म एक हजारभन्दा बढी डुडल पोष्ट भइसकेको छ । डुडल एउटा बिशेष खालको लोगो हो, जो बिशेष दिनमा वा बिशेष व्यक्तिको सम्झनामा राखिन्छ ।

७. गुगलको कार्यालयमा २०० बाख्राहरु कार्यरत छन् । गुगल आफ्नो कार्यालयको परिसरमा भएको घाँस काट्नको लागी मेशिनको प्रयोग गर्दैन । किनकी यसबाट निस्कने धुँवा अनी आवाजको कारण कार्यालयमा काम गरिरहेका कर्मचारीहरूलाई दिक्क लाग्छ । यसकारण कार्यालय परिसरमा भएको घाँस सफाइको लागी गुगलले बाख्राहरु खटाएको छ । यसबाट घाँसको पनि सफाइ हुन्छ । अनी बाख्राको पेट पनि भरिन्छ ।

८. २००५ मा गुगलले एण्ड्रोइड कम्पनी खरिद गर्यो । एण्ड्रोइडको लोकप्रियताको यसअर्थबाट पुष्टि हुन्छ कि आज स्मार्टफोनले करिब ८० प्रतिशत बजार कब्जा गरेको छ । अर्थात प्रत्येक पाँचमा चार स्मार्टफोन अपरेटिङ सिस्टममा चलेका छन् । प्रत्येक दिन १५ लाखभन्दा बढी मानिस नयाँ एण्ड्रोइड डिभाइस किन्ने गर्छन् ।

९. गुगलमा सर्च गरिएका सर्वश्रेष्ठ परिणाम हेर्नको लागी २०० भन्दा पनि अधिक कुराहरु ख्याल गरिन्छ एवं सेकेण्डको केहि भागमा यी मापकको अनुसार सर्वश्रेष्ठ परिणाम प्रदर्शित गरिन्छ ।

१०. इन्टरनेटमा प्रत्येक वेभसाइट यो चाहान्छ की भिजिटर धेरैभन्दा धेरै समय उसको वेबसाइटमा खर्चियोस् । किनकी शायद गुगलनै यस्तो कम्पनी हो जो आफ्नो वेबसाइटमा लाग्ने समय कम गर्न चाहान्छ । साथै कम भन्दा कम समयमा राम्रो रिजल्ट देखाउन चाहान्छ ।

११. गुगलको ९० प्रतिशत भन्दा अधिक कमाई विज्ञापनहरुबाट हुन्छ ।

१२. यदि तपाई 466453.com मा जानुभयो भने तपाई गुगलको होमपेजमा पुग्नुहुन्छ । किनकी गुगलले यस डोमेनलाई किनेको छ । गुगल टाईप गर्नुको सट्टामा यदि कसैले नम्बर टाईप गर्यो भने पनि गुगलको होमपेजमा सेवाग्राही पुगोस भनेर यो जुक्ति निकालिएको थियो ।मोबाइलको किप्याडमा गुगल लेख्नको लागी 466453 टाइप गर्नु पर्छ । यदि तपाई गल्तिले अल्फाबेटको ठाँउमा नम्बर थिच्नुभयो भने Google लेख्नुपर्ने ठाँउमा 4666666455533 टाइप हुन्छ । यस कारण गुगलले www.466453.com खरिद गरेको हो ।

१३. धेरै कम मानिसले यो जान्दछन् की गुगलले आफ्नो पहिलो ट्वीट कम्प्युटरको भाषामा गरेको थियो । जसमा 0 अनी 1 को प्रयोग गरिन्छ । त्यो ट्वीट थियो । 01100110 01100101 01100101 01101100 01101001 01101110 01100111 00100000 01101100 01110101 01100011 01101011 01111001 00001010. लेखिएको यो ट्वीटको अंग्रेजीमा अर्थ हुन्छ
im feeling lucky । गुगलको सर्च बटनमा तपाईले यो शब्द लेखेको देख्नुहुन्छ ।

१४. गुगल प्रतिदिन ५ अर्ब रुपैयाँ भन्दा बढी कमाई गर्छ । अर्थात प्रत्येक सेकेण्ड ५० हजार रुपैयाँ कमाई गर्छ ।

१५. हरेका हप्ता २० हजार भन्दा धेरै मानिस गुगलमा जागीरको लागी आवेदन दिन्छन् ।

१६. २००६ मा गुगलले अनलाइन भिडियो सेयरिङ साइट युट्युब खरिद गर्यो । युट्युबमा हर मिनेटको हिसाबले ६० घण्टासम्म भिडियो अपलोड गरिन्छ । गुगलको भिडियो सेवा युट्युबमा प्रतिमहिना कुल ६ अर्ब घण्टाको भिडियो हेरिन्छ ।

१७. गुगलले आफ्नो स्ट्रीट भ्यु म्यापको लागी ८० लाख ४६ हजार किलोमिटर सडकको बराबर फोटोग्राफ लिएको छ ।

१८. गुगलको सर्च इन्जिन १०० मिलियन गीगाबाइटको छ । त्यति डाटा आफ्नो साथमा सेभ गर्नको लागी एक टेराबाइटको एक ड्राइवको जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com