ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले कीर्तिपुर नगर प्रमुखको टिकट भोलि मात्र टुङ्गो लगाउने


एबीसी न्यूज

काठमाडौं ३० कात्तिक । सत्ता साझेदार दल नेपाली कांग्रेसले कीर्तिपुर नगर प्रमुखको उम्मेदवार भोलि शनिवार मात्र टुङ्गो लगाउने भएको छ । यसका लागि प्रदेश संसदीय बोर्डको बैठक बोलाइएको नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताए ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । तर‚ कांग्रेसले २ दिन अघिसम्म पनि चासोका साथ हेरिएको कीर्तिपुर नगर प्रमुखको टिकट टुङ्गो लगाउन सकेको छैन ।

प्रदेश सभापति बानिया भने हतारमा टिकट वितरण गर्नु राम्रो नहुने भन्दै उपयुक्त समयमा टिकट वितरण गरिने बताउँछन् ।

‘भोलिका लागि पार्टी मुख्य कार्यालय सानेपामा संसदीय बोर्डको बैठक बोलाएका छौँ । सबैको चित्त बुझाएर हामी त्यहाँबाट टिकट फाइनल गर्छौँ‚’ उनले भने‚ ‘धेरै आत्तिएर टिकट वितरण गर्दा क्षति हुन सक्छ नि । बिचार पुराएर हामी टिकट वितरणमा लागेका छौँ ।’

उपनिर्वाचनका लागि नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले ११ जना आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको थियो । सोही नाम प्रदेशसभा निर्वाचन क्षेत्र‚ क्षेत्रीय समिति‚ जिल्ला समिति हुँदै बागमती प्रदेश कार्यसमितिमा पुगेको हो ।

नगर समितिले पहिलो नम्बरमा सभापति कृष्णमान डंगोललाई सिफारिस गरेको छ । यस्तै दोस्रोमा बद्रीलाल महर्जन, तेस्रोमा हिमाल कार्की र चौथो नम्बरमा जमुना नकर्मीको नाम सिफारिस गरिएको छ । चौथो नम्बरमा सिफारिस जमुना कीर्तिपुरका निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी हुन् । यस्तै नगर समितिले क्रमशः संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।

‘हामी सबैको चित्त बुझाएर र जनचाहना पनि बुझेर टिकट वितरण गर्छौँ । प्रक्रिया पुराएर भोलि नाम फाइनल हुन्छ‚’ उनले भने ।

तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाटै निर्वाचित भएका हुन् ।

गएको स्थानीय तह निर्वाचनमा उनले ९०४३ मत ल्याउँदै चुनाव जितेका थिए । उक्त निर्वाचनमा ५५०७ मतसहित नेकपा एमाले उम्मेदवार केश रत्न बज्राचार्य दोस्रो र ४०९० मत सहित नेकपा माओवादी केन्द्र उम्मेदवार शिव शरण महर्जन तेस्रो स्थानमा रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com