ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला पन्त प्रकरणमा पुराना समितिहरुको निचोड एकीकृत गर्न बन्यो नयाँ समिति


एबीसी न्यूज

काठमाडौं २९ कात्तिक । कञ्चनपुरको निर्मला हत्या प्रकरणमा विभिन्न अनुसन्धान समिति बनाएपनि निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको छ ।

यो समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर त्यसका आवश्यक निचोडहरुलाई एकीकृत गर्ने जिम्मेवारी दिइएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दिपक थापाको नेतृत्वमा यो समिति बनाएका हुन् ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार, ७ सदस्यीय समितिमा अपराध अनुसन्धान विभागका उच्च अधिकृतहरु पनि सदस्य छन् ।

‘पन्त प्रकरणबारे अनुसन्धान गर्न विभिन्न समिति बनाएर जाँच गर्दा पनि सफल अनुसन्धान नभएकाले विगतका प्रतिवेदनको अध्ययन गरेर अनुसन्धानलाई एकतृत गरी यथाशीघ्र निष्कर्षमा पुर्‍याउन समिति गठन गरिएको छ’, महानिरीक्षक कुँवरले पत्रमा भनेका छन् ।

प्रहरीले समितिको गठनको विषयलाई गोप्य राखेर काम गरिरहेको थियो । तर, एक टेलिभिजनमा पन्त प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तरर्वार्ता आएपछि समितिले अध्ययनको कामलाई थप तीब्रता दिएको छ ।

‘अहिलेसम्म भएका अनुसन्धानका राम्रा पाटाहरुलाई केलाएर छानबिन गर्ने काम अहिले पनि निरन्तर छ’, सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटी भन्छन्, ‘त्यहीबीच प्रत्यक्षदर्शी भन्दै भ्रम फैलाउने गरी अन्तर्वार्ता दिएपछि गोरखाका नवराज अर्याल र पत्रकार ऋषि धमलालाई पनि सोधपुछका लागि बोलाएका थियौं ।’

निर्मला पन्त प्रकरणमा पहिल्यैदेखि विभिन्न किसिमका भ्रामक सूचनाहरु फैलिएको र त्यसले अनुसन्धानलाई समेत प्रभावित पारेको अधिकृतहरुको बुझाइ छ ।

‘यस्तोमा भ्रामक कुरामा विश्वास नगरिदिन हामी आग्रह गर्छौं र प्रहरी प्रधान कार्यालयले बनाएको समितिले काम गरिरहेको बताउन चाहन्छौं’, उनले थपे, ‘नेपाल प्रहरीका लागि यो चुनौतिको विषय पनि हो । हामी निरन्तर यो घटना सत्य, तथ्य विवरण बाहिर ल्याउन प्रयास गरिरहेका छौं ।’

नतिजा दिन समय लाग्दा कतिपयले गलत कुरामा विश्वास गर्नु अस्वभाविक नभएपनि प्रहरीको आधिकारिक सूचनालाई मात्र विश्वास गरिदिन उनले आग्रह गरे ।

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । केही दिनपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै स्थानीय ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

तर, त्यसबेला विष्ट मानसिक रोगी भएको र उनी दोषी हुन नसक्ने भन्दै प्रदर्शन चर्किएको थियो । पछि पन्तको भजाइनल स्वाबबाट निकालिएको नमूनासँग उनको डिएनए मिलेन । त्यसपछि उनी छुटेका थिए ।

त्यसयता प्रहरीले सयौं व्यक्तिमाथि सोधपुछ र डीएनए जाँच गरेपनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । बरु चिकित्सकहरुको एउटा अध्ययन टोलीले निर्मलाको भजाइनल स्वाबबाट निकालिएको भनिएको डीएनएको नमूनामाथि नै प्रश्न उठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com