ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गल्ती ढाकछोप गरेर बसिरहे दुर्घटना हुन सक्छ – प्रचण्ड


एबीसी न्यूज

काठमाडौं २९ कात्तिक । माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान, प्रणाली वा नीतिमा कतै कमजोरी छ कि भनेर समीक्षा गर्ने बेला आएको बताएका छन् । संविधानले दिएको मौलिक अधिकार, संघीयता र समावेशितालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान नसक्नुलाई उनले कमजोरीका रूपमा औंल्याएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ अन्तर्गत ‘प्रचण्डपथ स् सडक कि सत्ता रु’ सत्रमा दाहालले अधकल्चो संविधान कार्यान्वयनले जनतामा असन्तुष्टि देखिएको बताए । ‘संविधान कार्यान्वयनमा जुन जिम्मेवारी र गम्भीरता देखाउनुपर्ने हो, त्यो गरेनौं,’ उनले भने । प्रदेश बनाउने कुरा मात्र संघीयता नभएको पनि पनि उल्लेख गरे ।

संविधानको कार्यान्वयन कमजोर हुनुको दोष दाहालले ठूला दलहरूलाई दिए । उनले आफ्नो हिस्साको गल्ती र कमजोरी स्वीकार गर्न तयार रहेको जनाए । आत्मालोचना, आत्मसमीक्षा गर्दै सच्चिने प्रतिबद्धताका साथ आफू जनतामा गइरहेको दाहालले उल्लेख गरे । ‘जति गर्नुपर्थ्यो, सकेनौं । अब सच्चिएर जान्छौं । गल्तीकमजोरी भयो भन्न सक्नुपर्‍यो । हामी तयार छौं । कांग्रेस र एमाले तयार छन् रु,’ उनले भने, ‘जहाँ त्रुटि भयो त्यहाँबाट सच्याएर अगाडि बढौं ।’

पूर्वप्रधानमन्त्री दाहालले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै रहेको बताए । अराजकता वा निरंकुशता कुनै पनि सर्तमा लोकतन्त्रको विकल्प नहुने उनको भनाइ थियो । तर यथास्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउने स्थिति नरहेको उनले बताए । ‘संविधान बनाउने बेला भएको त्रुटि सच्याएर र जहाँ चुक भएको छ, त्यहाँ जनतालाई भनेर पार्टीहरू सच्चिएर जानुपर्छ,’ दाहालले भने, ‘गल्ती ढाकछोप गरेर बसे, व्यक्तिगत स्वार्थमा लागिरहे दुर्घटना हुन सक्छ ।’

सबै सच्चिन थालेको विश्वास जनतामा गराउनुपर्ने आवश्यकता रहेको दाहालले बताए । ‘हामीबाट पनि गल्ती भयो, कमजोरी भयो, जनतालाई अधिकार दिलाउने, राजनीतिक प्रतिबद्धता पूरा गर्ने काममा चुक्यौं,’ उनले भने, ‘त्यो कमजोरी स्विकारेर, सच्याउने प्रतिबद्धताका साथ जनतामा गइरहेका छौं ।’ दाहालले संविधान, संघीयतालगायत परिवर्तनको रक्षाका लागि माओवादीले सडक र सत्ताबाट संघर्ष गर्ने बताए । उनले आफू पुनस् हिंसासहितको आन्दोलन गर्ने पक्षमा भने नरहेको प्रस्ट पारे । अराजकतालाई बढावा दिने आफ्नो र पार्टीको नीति नरहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण ढंगले नयाँ आन्दोलन गर्ने जनाए । ‘कुरा र नारा दिएर मात्र जनताले विश्वास गर्ने स्थिति छैन । जनताको मन जितेर मात्रै आन्दोलन गर्न सकिन्छ,’ उनले भने, ‘संविधान र लोकतन्त्रविराधी, सुशासनविरोधी काम गरेकाहरूविरुद्ध हामी जनतामाझ जान लागेका छौं ।’

सदनभित्र प्रमुख प्रतिपक्षीका रूपमा तथा १ सय २२ पालिकाको नेतृत्व गरेको हिसाबले आफूहरू सत्तामा रहेको उल्लेख गर्दै दाहालले सरकारका संविधान, लोकतन्त्र र जनविरोधी कामको खबरदारीका लागि सडकमा समेत रहेको बताए । उनले आफू नेतृत्वको पछिल्लो सरकारले १८ महिनामा संविधानको कार्यान्वयन, सुशासन तथा कूटनीतिक क्षेत्रमा राम्रो काम गरेको दाबी पटकपटक गरेका थिए ।

 

माओवादी अध्यक्ष दाहालले दुई ठूला दल मिलेर बनेको सरकार २०८४ को चुनावसम्म चलोस् भन्ने पक्षमा आफू रहेको बताए । ‘मिलेर जानुस् भन्ने हाम्रो शुभकामना छ,’ उनले भने, ‘हामी सत्ता बनाउने र भत्काउने खेलमा लाग्दैनौं । सरकार भत्केला कि भन्ने चिन्ता हामीलाई छ । नभत्काउनुस् भनेका छौं । मलाई फेरि बोलाउन नआउनुस् भनेको छु ।’ ८०र९० सिटवाला दल नै ३२ सिटवालाकहाँ आउने गरेको भन्दै उनले कटाक्ष पनि गरेका थिए ।

प्रदेशलाई अझ अधिकारसम्पन्न बनाउँदै स्वायत्त क्षेत्र बनाउनुपर्ने दाहालको धारणा छ । सत्तारूढ कांग्रेस र एमाले प्रदेश र स्थानीय तहलाई अधिकार दिन तयार नभएको आरोप पनि उनले लगाए । ‘माओवादी पनि विभाजित भएर कमजोर भयो,’ उनले भने, ‘यही मौकामा एकथरी मान्छे प्रदेश नै खारेज गर्नुपर्छ भनेर लागेका छन् ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com