ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईबीमा धनराज गुरुङको बयान, मेरो डिभोर्स नक्कली होइन


एबीसी न्यूज

काठमाडौं २८ कात्तिक । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी का प्रमुख एआईजी दीपक थापाका अनुसार, बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग सोधपुछ गरी बयान कागज गराइएको छ ।

सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकामा समितिले थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।

तर, उनलाई छानबिनको दायरामा नल्याएपछि सत्तारुढ दलका उपसभापति गुरुङलाई जोगाउन खोजेको आरोप लागिरहेको थियो । त्यही बेला सीआईबीका अधिकृतहरुले बुधबार उनलाई लाजिम्पाटस्थित कार्यालयमा बोलाएका थिए ।

‘रातिसम्म घरमा नआउने, डिस्को, क्लब जाने लगायतका काम गरेको मैले जानकारी पाएँ, आफूखुशी बैंकक, सिंगापुर जाने क्रम पनि बढेपछि हाम्रो सम्बन्ध बिग्रियो’, उनले भनेका छन् ।
सीआईबीका अनुसन्धान अधिकृतहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले आफूले सहकारीको रकम अपचलन गरेको जिकिर गरेका छन् । बरु आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको उनले बताएका छन् ।

धनराज गुरुङ र ज्योति गुरुङ श्रीमान श्रीमती भए पनि २९ फागुन २०७६ मा सम्बन्धबिच्छेद भएको थियो । तर सहकारीको रकम अनियमितता गर्न नक्कली डिभोर्स गरेको आरोप पनि गुरुङमाथि थियो । सीआईबीसँगको बयानमा उनले आफ्नो साँच्चै सम्बन्धबिच्छेद भएको बताए ।

‘मैले नक्कली डिभोर्स गरेको होइन, कानूनी रुपमा गरेको हो’, उनले भनेका छन्, ‘म सहकारीमा सदस्य थिएँ, छोरालाई विदेश पठाउने बेला ऋण लिनु पर्दा १२ लाख लिएको थिएँ । त्यो पनि तिरेको हुँ ।’

सीआईबीमा गुरुङले बताए अनुसार, उनको २०६६ सालसम्म श्रीमतीसँग राम्रो सम्बन्ध थियो । तर, त्यसपछि विस्तारै सम्बन्ध बिग्रिन थालेको उनले बताएका छन् ।

‘रातिसम्म घरमा नआउने, डिस्को, क्लब जाने लगायतका काम गरेको मैले जानकारी पाएँ, आफूखुशी बैंकक, सिंगापुर जाने क्रम पनि बढेपछि हाम्रो सम्बन्ध बिग्रियो’, उनले भनेका छन्, ‘पछि २०७६ सालको पुसमा मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीमा समस्या आयो भनेर छलफलका लागि बोलाउनुभएको थियो ।’

प्रहरी स्रोतले उनको बयान उदृत गर्दै बताएअनुसार, त्यसबेला पटकपटक गरेर करोडौं रुपैयाँ ज्योतिबहादुर भण्डारीलाई मिटरब्याजमा लगानी गरेको थाहा पाएको उनले बताएका छन् । त्यो विषयले घरमा झनै झगडा चर्काएको उनले भनेका छन् ।

पछि ज्योति घर छाडेर माइती गएको र त्यसको एक महिनापछि आफूलाई अदालतबाट पूर्जी आएको उनले भनेका छन् । ‘मेरोविरुद्ध सम्बन्धविच्छेदको निवेदन दिएको त्यसबेला थाहा भयो, मैले सकभर विच्छेद गर्नु हुँदैन भनेर प्रयास गरेको थिएँ’, प्रहरी स्रोतले उनको बयान उधृत गर्दै भन्यो, ‘पछि उनले कुनै हालतमा सँगै नबस्ने भनेपछि फागुन २९ २०७६ मा सम्बन्ध विच्छेद भएको हो, नक्कली डिभोर्स गरेको होइन ।’

त्यही बेला घर धितो राखेर सहकारीबाट लिएको ऋण आफूले तिर्ने सर्तमा ज्योतिले कुनै सम्पत्ति दाबी नगर्ने लिखित सम्झौता भएको उनले बताएका छन् । ‘मैले १२ लाख रुपैयाँ मात्र ऋण लिएको भएपनि सम्बन्ध विच्छेदका बेला भएको शर्त अनुसार पटकपटक गरेर ८४ लाख रुपैयाँ तिरेको थिएँ’, उनले भनेका छन् ।

प्रहरीका अनुसार, गुरुङले मितेरी सहकारीको अनियमितता प्रकरणको छानबिनमा सहयोग गर्ने वचन समेत दिएका छन् । ‘श्रीमतीसँग डिभोर्स भएपछि भेट पनि भएको छैन, बोलचाल पनि भएको छैन, कीर्ते डिभोर्स पनि होइन’, गुरुङले बयानमा भनेका छन्, ‘मैले पनि कहाँ छिन् भनेर बुझ्दा अमेरिकातिर भन्ने सुनेको हुँ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com