ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपूर्वमा शान्ति स्थापनाका लागि अरब र इस्लामिक देशहरूको अपील


एबीसी न्यूज

काठमाडौं २८ कात्तिक । अरब र इस्लामिक देशहरूले इजरायलले मध्यपूर्वमा गरिरहेको आक्रमण तत्काल रोक्न माग गरेका छन् । साउदी अरबको रियादमा सम्पन्न अरब र इस्लामिक देशहरूको आपत्कालीन शिखर सम्मेलनले इजरायलको निन्दा गर्दै आक्रमण तत्काल रोक्न माग गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सम्मेलनमा सहभागीहरूले गाजा र लेबनानमा इजरायलले नरसंहार गरेको बताएका छन् । सम्मेलनले संयुक्त प्यालेस्टाइनलाई पूर्णरूपमा स्वतन्त्र राज्यको मान्यता दिन राष्ट्रसङ्घसँग माग पनि गरेको छ ।

सम्मेलनमा संयुक्त अरब इमिरेट्स ९यूएई० सहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार, पाकिस्तानलगायत देशका सरकार र राष्ट्रप्रमुखसमेत गरी ५० जनाभन्दा धेरै नेताको सहभागिता रहेको थियो । उनीहरूले मध्यपूर्वमा शान्ति स्थापनाका लागि पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वानसमेत गरेका छन् ।

गएको आइतवार कतारले इजरायल र हमासबीच निर्वाह गर्दै आएको मध्यस्थताको भूमिकाबाट अलग भएको घोषणा गरेको थियो । त्यही दिन प्यालेस्टिनी विद्रोही समूह हमासले अरब र इस्लामिक देशहरूको गठबन्धन बनाउन अपील गरेको थियो । लगत्तै भएको अरब र इस्लामिक देशहरूको आपत्कालीन शिखर सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com