ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराबाट उड्यो रवि चढेको जहाज


एबीसी न्यूज

काठमाडौं २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने चढेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवा उडेको छ ।

रास्वपा कोषाध्यक्ष दीपक बोहोराले पोखराबाट जहाज उडेको जानकारी दिएका छन् । प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा जहाजबाट भैरहवा लैजान लागिएको हो ।

भैरहवा र पोखरा दुवै विमानस्थलमा ‘भिजिबिलिटी’ कम हुँदा उडान–अवतरण हुन सेकको थिएन । अहिले मौसम खुलेपछि उडान सुरु भएको हो ।

रविसहित प्रहरी टोली सवार बुद्धको जहाज केही बेरमै भैरहवा विमानस्थल अवतरण गर्ने छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रविलाई पछिल्लो पटक १३ दिनको म्याद थपेर बयानका लागि रुपन्देही लैजान लागिएको हो । उनी विरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी प्रहरणमा पक्राउ पुर्जी जारी भएको छ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको प्रतिवेदनमा छ । रविमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com