ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमानलाई सरकारले दोस्रोपटक माग्यो स्पष्टीकरण तर दिएनन् जवाफ


एबीसी न्यूज

काठमाडौं २७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दोस्रोपटक पनि स्पष्टीकरण मागेको छ। तर उनले त्यसको जवाफ दिएका छैनन्।

स्रोतका अनुसार कुलमानलाई ऊर्जा मन्त्रालयले दोस्रोपटक तिहारअघि कात्तिक १३ गते ६ बुँदामा प्रश्न पठाउँदै ७ दिनभित्र स्पष्टीकरण दिन भनेको थियो। तर उनले अहिलेसम्म जवाफ पठाएका छैनन्।

यसअघि मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण मागेको थियो।

 

१५ दिनको समय दिएर कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण विवरणसहित

‘बेहोरा १५ बुँदे र ६ बुँदेको उस्तै छ’, मंगलबार बिहान स्रोतले भन्यो, ‘स्पष्टीकरणका लागि पत्र कात्तिक १३ गते नै आएको हो, तर उहाँले अहिलेसम्म जवाफ दिनुभएको छैन।’

यसैबीच ऊर्जामन्त्री दीपक खड्काले आज ९मंगलबार० का लागि विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन्।

अहिले बिहान ११स्३० बजे बस्नेगरी मन्त्री खड्काले बैठक बोलाएका हुन्।

यसअघि उक्त बैठक हिजो सोमबार दिउँसो ३ बजे बस्ने भनिए पनि बस्न सकेन।

विद्युत् महसुल बक्यौता नतिर्ने उद्योगीको लाइन पुनस् जोड्ने विषयमा प्राधिकरण र सरकारबीच मतभेद छ।

प्राधिकरण बक्यौता तिर्न तयार नभएसम्म उद्योगीका काटिएका लाइन नजोड्ने अडानमा छ भने सरकार जोडदिनपर्छ भन्नेमा जिकिर गरिरहेको छ।

बक्यौता नतिर्ने ३४ उद्योगीको लाइन काटिएकामा १४ वटा किस्ताबन्दीमा तिर्न तयार भएपछि लाइन जोडिइसकेको छ।

बाँकी उद्योगीका लागि पनि विद्युत् प्राधिकरणले किस्तामा तिर्न पाइने सुविधा दिएको छ। २८ किस्तासम्ममा तिर्न पाइने पुरानो सुविधा बढाएर ५६ किस्तासम्म पुर्‍याएको छ। पुनरवलोकनमा जान चाहने उपभोक्ताले जम्मा गर्नुपर्ने धरौटी रकम पनि ५ प्रतिशतमा झारेको छ। तर पनि सरकारले विभिन्न बहाना बनाएर रकम नतिर्ने उद्योगीको पक्षपोषण गर्न खोजेको बुझाइ प्राधिकरणको छ।

यसैबीच पैसा नउठाई लाइन जोडे आन्दोलनमा उत्रने चेतावनी कर्मचारी संगठनहरूले दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com