ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएसँगै नीजि क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीयहरु उत्साहित


एबीसी न्यूज

काठमाडौं २६ कात्तिक । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएसँगै निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीयहरू उत्साहित भएका छन् । लामो समयदेखि मलिन देखिएका पर्यटन व्यवसायीको मुहार उज्यालो भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै रुपन्देही तथा आसपास ठूला होटलहरु निर्माण शुरू भएका थिए । पाँचवटा पाँचतारे होटलसहित झण्डै दुई सय होटलको भविष्य अन्योलमा थियो । अहिले भने विमानस्थल सञ्चालनसँगै होटल व्यवसायी हौसिएका छन् ।

अस्ति शनिवार मात्र भैरहवा विमानस्थलबाट जजिरा एयरलाइन्स, फ्लाइ दुबई र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान शुरू गरेका छन् । एयर एशियाले भने एक हप्तापहिलेदेखि नियमित उडान शुरू गरेको थियो ।

त्यस्तै, कतार एयरवेज, एयर अरेबियाले पनि भैरहवाबाट उडानका लागि चासो देखाएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले लामो समयदेखि सञ्चालन हुन नसकेको विमानस्थल सञ्चालनमा आउँदा उड्डयनकर्मीसहित सबै क्षेत्रमा उत्साह थपिएको बताउनुभयो ।

उडान बढ्दा विमानस्थलका कर्मचारी मात्र नभई समग्र पर्यटन व्यवसायी तरङ्गित बनेका छन् । लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले चारवटा उडानले पर्यटन व्यवसायीमा आशा जगाएको बताउनुभयो । पर्यटन व्यसायसँगै निजी क्षेत्र पनि विमानस्थल सञ्चालनले हौसिएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्घाटन भएको अढाई वर्षपछि भएको चहलपहलले निजी क्षेत्रमा उत्साह जागेको बताउनुभयो । यसको निरन्तरतामा भने व्यवसायीहरुले आशङ्का व्यक्त गरेका छन् ।

वैदेशिक रोजगार व्यवसायीहरुले भैरहवामा कार्यालय नराखेको, स्वास्थ्य परीक्षण गर्न अझै काठमाण्डौ धाउनुपर्ने, पहिलोपटक श्रमका लागि काठमाण्डौ जानुपर्ने बाध्यता अझै देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com