ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखासमिति सभापति जोडिएको सहकारीको कागजात प्रहरीले लग्यो


एबीसी न्यूज

काठमाडौं २१ कात्तिक । मोरङ धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालयको कागजात प्रहरीले लगेको छ । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि सहकारीको कार्यालय बन्द छ । सञ्चालकलाई कार्यालय खोल्न आग्रह गर्दा असहयोग गरेपछि प्रहरीले गत १४ कात्तिकमा सटरको ताला फुटाएर कागजात जफत गरेको हो ।

मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सहकारी ठगी प्रकरण अनुसन्धान प्रहरीले गरिरहेको छ । अनुसन्धानका लागि सहकारी सञ्चालकले असहयोग गरेपछि बन्द रहेको कार्यालयबाट कागजात लगेको उनले बताए ।

‘यो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ,, त्यहाँ पत्राचार गरियो, समन्वय गर्न पनि खोजियो तर कोही सम्पर्कमा नआएपछि रीतपूर्वक प्रक्रिया मिलाएर खानतलासी गरेको हो,’ उनले भने, ‘रंगेली इलाका मार्फत अनुसन्धान भइरहेको छ ।’

सहकारी सञ्चालक कार्यालय बन्द गरेर हिँडेपछि कोसी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको विषय अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

यो सहकारी ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला जोडिएकी छिन् । सांसद पोखरेल पत्नी यो सहकारीको सञ्चालक समितिमा रहेर काम गरेकी छिन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

उमागौरी कृषि सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार ऋषिका कार्यकर्ता हुन् । सहकारी सञ्चालन गर्ने भएपछि ऋषिले आफ्नो नाम राख्न नमिल्ने भएका कारण त्यसबेला श्रीमतीको नाम राखेको उनी निकट स्रोत बताउँछ । ऋषिको सल्लाहमा सहकारी सञ्चालन गरेका रौनियारलाई अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वातावरण पोखरेलले नै मिलाएका थिए ।

सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई पठाएको पत्रमा सांसद पोखरेल पत्नीको नाम छैन । वर्तमान सञ्चालक समितिको नाम मात्रै समावेश गरेर रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएको हो । २०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पत्नी कोइराला दुई कार्यकाल सञ्चालक थिइन् । सांसद पत्नी कोइराला सञ्चालक रहेको कागजात पनि रजिस्ट्रार कार्यालयबाट गायब छ ।

सहकारीबाट राजीनामा दिए पनि उनी सञ्चालक रहेको समयमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण नतिरेका कारण लघुवित्तले ऋषि पत्नी कोइराला सहित अन्य सञ्चालकलाई कालोसूचीमा राखेको छ । कालोसूची विरुद्ध कोइरालाले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी थिइन् । उनको रिट अदालतमा विचाराधीन छ ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

उमागौरी कृषि सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियारले भने जबर्जस्ती आफ्नो सहकारीबाट ताला फुटाएर प्रहरीले कागजात लगेको आरोप लगाएका छन् । रौनियारले विज्ञप्ति जारी गर्दै बन्द रहेको अवस्थामा जबर्जस्ती कागजात लगेको अरोप लगाएका हुन् । प्रहरीले स्थानीय जनप्रतिनिधि र प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयका कर्मचारीको रोहवरमा ताला फोडेको थियो ।

‘कुनै किसानबाट उजुर आपत्ति नगरी सञ्चालन भइरहेको अवस्थामा २०८१ साल कात्तिक १४ गते बुधबरका दिनदेखि दिपावली बिदा दिने निर्णय गरी बिदाको सूचना प्रकाशित भइरहेकोमा संस्थासँग आबद्ध कुनै बेहोराको उजुरी नै नगरी सोही दिन प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इलाका प्रहरी कार्यालय रंगेलीद्वारा अनुगमन गरेको भनी संस्थाको ताला तोडी आक्रामक शैलीमा संस्थाभित्र प्रवेश गरी संस्थालाई थाहा जानकारी नै नदिई भएको सम्पूर्ण सामान बरामद गरी गाडीमा राखी लगिएको छ‚’ विज्ञप्तिमा छ, ‘संस्था अनुगमन गर्ने बहानामा संस्थाको ताला फुटाएर भित्र प्रवेश गरेर सामान बरामद गरी कब्जा गर्दासमेत संस्थाको अनुमति नलिइएको, संस्थाको प्रतिनिधि नराखिएको, स्थानीय निकायका पदाधिकारी समेत रोहवरमा नराखिएको कार्यप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com