ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा बस दुर्घटना : ३५ यात्रु घाइते


एबीसी न्यूज

काठमाडौं २१ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधवार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते हुनुभएको छ ।

काठमाडौँबाट महोत्तरी जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नं। को बस आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल दाहिने साइडमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेमध्ये २८ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको छ । जसमध्ये १३ जनाको अवस्था मध्यम र १५ सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मनहरी अस्पतालमा तीन जना र हेटौँडा अस्पतालमा चार जना घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनामा घाइतेहरू महोत्तरी मटियानी नगरपालिका–७ बस्ने २४ वर्षीय हरि शङ्कर प्रसाद मण्डल, जलेश्वर नगरपालिका–९ बस्ने २४ वर्षीय राज कुमार साह, २८ बर्षिया अनु राय, २१ वर्षीया खुसी कुमारी पाण्डे, धनुषा जनकपुर उपमहानगरपालिका–१३ बस्ने २० बर्षिया भिमा ठाकुर, महोत्तरी बगाह नगरपालिका–१ बस्ने ६१ वर्षीय दिनेश चौधरी, महोत्तरी जलेश्वर नगरपालिका–२ बस्ने २० वर्षीया असख साझी, धनुषा जनकपुर उपमहानगरपालिका–९ बस्ने ६० वर्षीया सरोज झा, ९ वर्षीया समृद्धि झा, ४२ वर्षीय किरण झा, ४७ वर्षीया संजिब झा, भारत सीतामढी जिल्ला पिपराथान बस्ने ५५ वर्षीया बेचन महत्तो, धनुषा जनकपुर उपमहानगरपालिका बस्ने १८ वर्षीया अनुपाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

त्यस्तै धनुषा जनकपुर उपमहानगरपालिका–७ बस्ने २८ वर्षीया राजु साह, २५ वर्षीया रुद्रानि राज, धनुषा लक्षिमिहा गाउँपालिका–१ बस्ने ३४ वर्षीया सुन्दर साह, ५ वर्षीय बिराज साह, १२ वर्षीय राज साह, १४ वर्षीय काजल साह, जनकपुर उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय रामभरोस साह, धनुषा बटेस्वर गाउँपालिका–३ बस्ने ३७ वर्षीया रामकृष्ण सिङ, ५ वर्षीय प्रतिक सिङ, १० वर्षीया कृती सिंङ, २९ वर्षीया सुजित कुमार महत्तो, ।धनुषा नकराईन गाउँपालिका–।६ बस्ने २३ वर्षीय रमेश कुमार ठाकुर, मिथिला नगरपालिका–६ बस्ने २१ वर्षीय मनोज महत्तो, धनुषा घर भई हाल काठमाडौँ बस्ने २४ वर्षीय रमा के।सी।, धनुषा बटेस्वर नगरपालिका–३ बस्ने ३३ वर्षीय ईन्दिरा कुमारी महत्तो घाइते हुनुभएको हो । उहाँहरुको चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै औराही गाउँपालिका–१ बस्ने ३५ वर्षीय रोशन कु।यादब, देश भारत प्रदेश बिहार मध्यवानि बस्ने ४९ बर्षिये श्याम कुमार ठाकुर, भारत बिहार प्रदेश दभंगा बस्ने ४४ वर्षीय प्रमोद कुमार शर्माको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै उदयपुर उदयपुर गढि गाउँपालिका–६ बस्ने २० वर्षीय रन्जना मगर, काठमाडौँ महानगरपालिका–३१ बस्ने बर्ष ६० वर्षीय बिना देबी, २२ वर्षीय सोनम साह र ३४ वर्षीया अनुपम जैसवाल घाइते हुनुभएको हो । उहाँहरू हेटौँडा अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भई गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com