ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कटल्यान्डमाथि नेपालको सहज जित


एबीसी न्यूज

काठमाडौं १४ कात्तिक । नेपालले आइसिसी विश्वकप लिग(२ मा साविक विजेता स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो ।नेपालले लिगमा आठ महिनापछि जित निकालेको हो । लिग(२ मा यसअघि नेपालले घरेलु मैदानमा गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई एउटा खेलमा हराएको थियो ।

जितका लागि एक सय ५५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले २९।५ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालका लागि आरिफ शेखले ४२ बलमा आठ चौकाको मद्दतले अविजित ५१ रन बनाउनुभयो । गुलशन झाले अविजित २५, कुशल भुर्तेलले २५, आसिफ शेखले २१ र अनिल साहले १३ रन बनाउनुभयो ।

बलिङमा स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले दुई विकेट लिनुभयो । ब्राण्ड करी, मार्क वाट र ज्याक जार्विसले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ३४ रन बनाउनुभयो । कप्तान रिची बेरिङ्गटन र माइकल जोनसले १९र१९, ब्रेन्डन म्याकमुलनले १६, म्याथ्यु क्रसले १५ र माइकल लिस्कले १४ रन बनाउनुभयो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । करण केसी, सोमपाल कामी र गुल्शन झाले दुई दुई तथा आरिफ शेखले एक विकेट झार्नुभयो ।

यस सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अब नेपालले शनिबार घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।

जितसँगै १० खेलमा पाँच अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ । पराजित स्कटल्यान्ड नौ खेलबाट ११ अङ्क जोड्दै चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com