ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली नोट बनाउने गिरोह पक्राउ


एबीसी न्यूज
फाल्गुन २३, २०७४ बुधबार  ९ : ३१ बजे

काठमाडौँ, २३ फागुन । पाँच सय र हजारका नक्कली नेपाली नोट सहित ६ जना पक्राउ परेका छन् । धनुषाका धिरज बहादुर शाही, भोजपुरका निगम राई, ललितपुर गोदावरी बस्ने मनोज केसी, सोलुखुम्बु स्थायी घर हुने भेष कुमार थापा मगर, रामेछापका नेमा तामाङ र तलितपुर ताल्छिखेलका आशिष माझीलाई काठमाडौंको बल्खु र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिईएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए ।

काठमाडौंको बल्खु स्थित एक औषधी पसलमा औषधी किन्न गएका धिरज बहादुर ठकुरी र निगम राईले दिएको पैसा शंका लागेपछी औषधी पसलेले प्रहरीलाई खबर गरेका थिए ।

‘धिरज र निगमको लिंक पछ्याउँदै जाँदा अन्य चार जना पक्राउ परेका हुन्’ डिएसपी क्षेत्रीले भने, ‘पक्राउ परेकहरुलाई खोटाचलन अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’

पक्राउ परेकाहरुको साथबाट प्रहरीले पाँच सय र हजारका २१ हजार बरामद गरेको छ । जसमा ३८ थान पाँच सयका नोट छन् भने २ थान हजारका नोट रहेको बताईएको छ । जाली नोट सहित पक्राउ परेका भेष कुमार थापा नेपाली सेनाका कर्मचारी हुन् । केही दिनअघी मात्रै सैनिक मुख्यालयमा उनले राजिनामा पत्र बुझाएपछी उनको राजिनामा स्विकृत भैनसकेको स्रोतको भनाई छ ।

त्यस्तै नेमा तामाङ नेपाल प्रहरीका पुर्व जवान हुन् । पुर्व एआईजी राजेन्द्रसिंह भण्डारीको ड्राइभरको रुपमा लामो समय काम गरेका तामाङले केही समयअघी जागिर छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन वैशाख २१ गतेदेखि

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

संसदको अधिवेशन भोलिबाट अन्त्य

साहको बर्खास्तीपछि बालेन्द्र आफैँले राखे श्रम मन्त्रालयको जिम्मेवारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com