ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घट्दै मखमली फूल र मालाको माग, निराश छन् गुण्डुवासी


एबीसी न्यूज

काठमाडौं ६ कात्तिक ।   तिहार आउन अब केही दिन मात्रै बाँकी छ । यस वर्ष कात्तिक १८ गते भाइटीका परेको छ । १४ गतेदेखि तिहार विधिवत् रुपमा सुरु हुनेछ । यतिबेला भक्तपुरका फूल व्यवसायी र किसानलाई मखमली फूलको माला बनाउन भ्याइनभ्याइ छ ।

तिहारमा मखमली फूलको माला विशेष मानिन्छ । त्यसैले पनि भक्तपुरवासी यतिबेला माला उन्न, फूल टिप्न व्यस्त छन् । भक्तपुरको गुण्डुका कृषक मखमली फूल टिप्न बिहानै बारीमा पुग्छन् । दिउँसो घाम लागेको बेलामा बिहान टिपेको फूल उन्छन् र माग गरेअनुसार बजार पठाउँछन् ।

मखमली फूलको पकेट मानिने गुण्डुको मुख्य आयस्रोत नै फूलको व्यापार हो । किसान एक अर्कामा अर्मपर्म गरी मखमली फूलको खेती गर्दछन् । नेपालीहरूको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार ९काठमाडौँ० लाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए ।

भक्तपुर गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउनुहुन्छ । अहिलेसम्म २५ हजार रुपियाँ जतिको माला बिक्री गरिसकेको उहाँको भनाइ छ । उहाँले माला र फूलको मूल्य भने विगतको सरह नै रहेको बताउनुभयो । एउटा मालाको २५ रुपियाँसम्ममा बेच्ने गरेको जानकारी उहाँले दिनुभयो ।

स्थानीय सुमित्रा कार्की फूल राम्रो नभएको गुनासो गर्नुहुन्छ । युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने हो की भन्ने चिन्ता उहाँलाई छ । मालाको मूल्य विगतको झैँ यस वर्ष पनि २० रुपियाँ नै रहेको बताउनुभयो । आफूसँग किनेर लैजानेहरुले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपियाँभन्दा बढी नदिने गरेको गुनासो उहाँको छ । दुःख र मेहनतअनुसार मूल्य नभएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘‘भाउ कहिले पनि बढेन । आउँदा हामीले २५ भने पनि २० देखि दिन्न भन्छन्, उनीहरु बाहिर पठाउँदा बढी नाफा खान्छन्, हामीलाई २० बाट कहिले नि बढाउँदैनन् । अहिले पहिला जस्तो गरेर भक्तपुरमा बेच्न जानुपर्दैन भन्ने मात्रै हो । यहाँ नै आउँछन् । पहिला हामी भक्तपुर बेच्न जान्थ्यौँ । दुःख र मेहनतअनुसार मूल्य छैन ।’’

कार्कीका अनुसार फूलको खेती गरेर माला बनाउनसके धानभन्दा नाफा हुन्छ । २० वर्षदेखि फूलको माला बनाउँदै आउनुभएका गुण्डुकै स्थानीय कार्की अरु सबैको मूल्य बढ्दा फूलको मूल्य किन बढेन रु भन्दै प्रश्न गर्नुहुन्छ । आँखा राम्रोसँग देखेर माला उन्ने बेला र अहिले आँखा कमजोर भएको बेलामा माला उनेको मूल्य बराबर रहेको बताउनुभयो ।

‘‘कोही साना भन्छन्, कोही ठूला भन्छन्, छान्छन् पनि । हाम्रो मूल्य नै छैन । दुःख त गरेको हो । बिहान शीतमा गयो, टिप्यो, दिउँसो यसरी गाँस्यो, औषधी हाल्यो ।’’ उहाँ भन्नुहुन्छ, ‘‘औषधी हालिरहनुपर्छ । औषधीको मूल्य फूलभन्दा महँगो छ । औषधी चारपाँच दिनमा हालिरहनुपर्छ । योभन्दा २० वर्ष पहिला र अहिलेको मूल्य एउटै हुन्छ त रु’’

उहाँले किसानबाट लगेपछि व्यापारीहरुले बढी खाने गरेको बताउनुभयो । पुस्तौँदेखि गरिरहेको भएर आफूहरुले माला बनाउन नछोडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले गरिरहेको भएर छोड्न नसकेको हो, यो बसिबियाँलो । बुढाबुढी भएपछि त कहीँ जान सकिएन नि त । अलि अलि गरिरहेको मात्रै हो, तर यसको मूल्य चाहिँ छैन ।’’

भक्तपुरको गुण्डुमै विगत १० वर्ष यता मखमली फूलको माला बनाई बेच्दै आउनुभएका किसान सानु सुनुवार काम केही नभएकाले फूलको उत्पादन गरी माला बनाएर बेच्नसके घर खर्च चलाउन सहज भएकाले माला उन्ने र बेच्ने काममा लागेको बताउनुहुन्छ । उहाँले फूलको व्यापार राम्रो नभएको गुनासो गर्दै २० रुपियाँसम्म व्यवसायीले किनेर लैजाने तर किसानलाई त्यसले फाइदा नहुने बताउनुभयो । उन्नत जातको फूल किसानलाई दिनसके त्यसबाट फाइदा हुने उहाँको भनाइ छ ।

‘‘फूलको व्यापार राम्रो भएन । सधैँ १८ देखि २० रुपियाँसम्म किनेर लैजान्छन् । कृषकलाई अलि घाटा जस्तो भयो । घरमै ठेकेदारले प्रतिगोटा २५ मा लगे अलि राम्रो हुन्थ्यो । फूल खेती गर्न धेरै दुःख छ ।’’ उहाँले भन्नुभयो, ‘‘औषधी हाल्नुपर्छ, औषधी हाल्दा क्यान्सर रोग लाग्ला जस्तो अनुभव आफूलाई नै हुन्छ । दिदीबहिनीलाई यसबाट पैसा आए घरखर्च चलाउन सहज हुन्छ । तिहारमा माल बेचेर आफ्ना दाजुभाइलाई केही किन्न पनि सजिलो हुन्छ । कृषि कार्यक्रममबाट उन्नत जातका फूलहरु हामीलाई दिए हुन्थ्यो भन्ने छ ।’’

गुण्डुकै अर्की स्थानीय विनीता केसी गुण्डुका किसान मखमली खेतीमा आबद्ध रहेको र घरको काम गरेर फूलको काम गर्न पनि भ्याउने भएकाले खर्च जुटाउन मखमली फूल लगाउने र माला बनाई बेच्ने गरिरहेको बताउनुहुन्छ । उहाँले अरु कुरा हेरी फूल खेती गर्न गाह्रो रहेको बताउनुभयो । उहाँले मखमली फूलमा यस वर्ष विगतको तुलनामा बढी पानी परेकाले क्षति पुगेको बताउनुभयो । किसानले गरेअनुसार बजारमूल्य नरहेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘दिनरात नभनी फूलको स्याहार गर्नुपर्छ । किसानले गरेअनुसारको बजार मूल्य छैन । नेपालका फूलभन्दा भारतबाट आयात हुने फूलले गर्दा किसानले दुःख गरेअनुसार बजार मूल्य पाउँदैनन् । किसानले दुःख गरेअनुसार नगरपालिका, वडा स्तरबाट पनि राम्रो बीउ वितरण गर्नसके सजिलो हुन्थ्यो ।’’

नगरपालिका र वडाहरुले राम्रो र उन्नत बीउ वितरण गर्नसके किसानले फूल उब्जाउन कठिनाइ भोग्न नपर्ने स्थानीय बताउँछन् । महिला मात्रै होइन गुण्डुका पुरुष पनि माला उन्नमा व्यस्त देखिन्छन् । सूर्यविनायकका किसान सहदेव बस्नेत १२ वर्षदेखि फूलको माला उन्दै र बेच्दै आउनुभएको छ । पोहोरको तुलनामा फूल सिजन केही ढिला भएको र बेमौसमी झरीले क्षति गरेको बताउनुभयो । गत वर्ष २५ सय माला बनाएकोमा यस वर्ष अहिलेसम्म एक हजार माला मात्रै बनाउनसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिलाको तुलनामा माला र फूल लिन आउने मान्छेहरु घटेका छन् । बिचौलियाले मान्छे भड्काउँछन् । पहिला व्यापारीहरु आफैँ आएर फूल लिएर जान्थे । अहिले व्यापारीहरुलाई भड्काएर बिचौलियाले आउन दिँदैनन् ।’’

विगतको तुलनामा अहिले फूल व्यापार गर्न गाह्रो रहेको किसान बताउँछन् । विचौलियाका कारण फूल बेच्न कठिन भएको किसान गुनासो गर्दछन् । गुण्डुकी निर्मला बस्नेत पहिला व्यापारीहरु घरघरमा आएर किन्ने गरे पनि अहिले नआएको बताउनुभयो । घरबाटै व्यापारीहरुले ३५ रुपियाँसम्म तिरेर लैजाने गरेको भए पनि अहिले व्यापारीलाई आउनै नदिने गरेको बताउनुहुन्छ । पहिला एकदुई लाखको माला बेच्ने गरेको भए पनि अहिले व्यापार नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पानी परे पनि फूल यस वर्ष राम्रो छ । फूल ढलेको छैन । अहिलेसम्म व्यापारी आएका छैनन् । माला गाँसेर गोदाम पारेर राखेको छ । एउटा विक्री भएको छैन । बरु सयपत्री फूल लगाउनुपर्ने रहेछ, त्यसबाट चाहिँ व्यापार राम्रो हुने हो । अब सयपत्री फूल दसैँलाई सिद्धिन्छ । साउनदेखि नै सयपत्री फूल जान्छ ।’’

फूलको व्यापार क्रमशः वर्षेनी घट्दै गएको किसान बताउँछन् । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । बिचौलियाका कारण किसानसँग व्यापारीहरुको भेट नहुने र बिचौलियाले बाटोबाटै व्यापारीहरुलाई फर्काइदिने गरेको किसान बताउँछन् । सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको गुनासो उनीहरुको छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल बिक्री हुन छोडेको गुनासो उनीहरुको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com